जाति व्यवस्था ,जातिविभेद, छुवाछुत, सामाजिक कुरिति हो, यो धार्मिक व्यवस्था होइन भनेर बाहुनहरु अछुत बनाइएका समुदायलाई सम्झाउन सफल भएको छ। किनकि धार्मिक पुस्तक र धार्मिक व्यवस्थाको व्याख्या गर्ने अधिकार बाहुनसंग मात्र सिमित छ । तर वास्तविकता त्यस्तो छैन, बाहुनको प्रत्येक पुस्तकमा जातिविभेदको व्यवस्था छ, कुनै मित्रहरुलाई आपति भए सम्बन्धित पुस्तक हेर्न अनुरोध छ । जुन आजको २१औ शताब्दीमा पनि ज्युंकात्यु छ ।
संकंद पुराण वैष्णव खंडतो अध्याय १९ जुन शंकराचार्यको आख्यान मानिन्छ ।
उपदेशो न कर्तव्यो जातिहीनस्य कस्यचित्.
उपदेशे महान् दोष उपाध्यायस्य विद्धते ..
यदि. चोपदिशेद् विप्र: शुद्रं चैतानि कहिर्चित्.
त्यजेयुर्बाह्मणा विप्रं तं ग्रामाद ब्रम्हासंकुलात् ..
शुद्राय चोपदेष्टारं द्विज चाण्डालवत् त्यजेत्.
शुद्रं. चाछरसंयुक्तं दुरत: परिवर्जयते् ..
अर्थात हिन जातिको व्यक्तिलाई कहिल्यै राम्रो राम्रो उपदेश नदिनु ,यदि उपाध्याय ले निच जातिलाई उपदेश दिएमा ठुलो दोष लाग्छ, यदि कुनै बाहुनले शुद्रलाई उपदेश दिन्छ भने सबै बाहुन मिलेर त्यस बाहुनलाई वहिस्कार गर्नु पर्दछ , त्यसलाई चंडाललाई त्यागे जस्तागरि त्यागि दिनु , तथा पढेलेखेको शुद्रलाई टाढै बाट त्यागि दिनु त्यसलाई छेउ आउन नदिनु !
मनुस्मृति ८/२८१ अनुसार
सहासनमभिप्रेप्सुत्कृष्टस्यापकृ
कट्यां कृतांको निर्वासय: स्फिचं वास्यावकर्तयेत्..
शुद्रले बाहुन वा राजा संगसंगै बस्न खोज्ने शुद्रलाई तातो फलामले कम्मरमा डामेर देश निकाला गर्दिनु तथा उसको नितंबलाई काटि दिनु ।
बाहुनको व्यवस्थामा शुद्रसंग यस्तो व्यवहार गर्ने आदेश दिन्छ ,जस्तो कुनै शिकारिले शिकार संग गर्छ , शुद्रसंग भएको धन अर्थ ज़बरदस्ती खोस्ने आदेश दिन्छ ।
आहरेत् त्रीणि वा द्वे वा कामं शद्रस्य वेश्मन:
न हि शुद्रस्य यग्येषु कश्चिदस्ति परिग्रह :..
(मनुस्मृति ११/१३)
अर्थात यदि यज्ञ तिन कारणले पुरा पुरा नहुने भए ,उक्त यज्ञ पुर्णताको लागि वैश्यको धनले पनि नपुगे बलात्कार या चोरि गरेर भएपनि ज़बरदस्ती शुद्रको धन खोसेर पनि यज्ञ पुरा गर्नु किनकि शुद्र लाइ न त यज्ञ गर्ने अधिकार छ न त धन जम्मा गर्ने !!
यस्तै मनुस्मृतिको ८/४१७ मा पनि यस्तै नियम छ
विस्रब्धं ब्राह्मण: शुद्राद् द्रव्योपादानमाहारेत्.
न हि तस्यास्ति किंचित्स्वं भर्तृहार्यधनो हि स:..
अर्थात बाहुनले बिना विकल्प -सोचविचार नगरिकन शुद्रको धन लिन सक्छ, किनकि शुद्रको नीजि धन केहि पनि हुँदैन, शुद्रले जम्मा गरेको धनको सम्पूर्ण अधिकार उसको स्वामीमा हुन्छ ! बाहुनधर्म (हिन्दूधर्म) मा शुद्रलाई जन्मजात दास (गुलाम )घोषणा गरेको छ शुद्र खरिद गरेको होस वा नहोस उनीहरुसँग गुलामी नै गराउनुपर्छ किनकि विधाताले उनलाई बाहुनको दासत्वकै लागि नै निर्माण गरेको हो !!
शुद्रं तु कारयेद् दास्यं क्रीतमत्रोतमेव वा .
दास्यायैव हि सृष्टोअसौ ब्राम्हाण्स्य स्वयंभुवा ..
(मनुस्मृति ८/४१३)
अर्थात शुद्रसँग अन्य सबै वर्ण को व्यक्ति हरु भन्दा चर्को व्याज लिनु पर्दछ ।
मनुस्मृतिको स्पष्ट आदेश छ कि शुद्रले शुद्र स्त्रीसँग मात्र विवाह गर्न सक्छ तर बाहुनले आफ्नो वर्ण लगायत अन्य सबै वर्णको महिलासँग विवाह गर्न सक्छ !
शुद्रैव भार्या शुद्रस्य सा च स्वा च विश: स्मृते.
ते च स्वा चैव राग्यश्च ताश्च स्वा चाग्रजन्मन:
(मनुस्मृति ३/१३)
शुद्रको स्पर्शले अपवित्रता (छुवाछुत)
बाहुनधर्म(हिन्दूधर्म)को कथन छ कि शुद्रको स्पर्शले पनि उच्चजातिहरु अपवित्र हुन्छन् । तसर्थ शुद्रको छायांबाट पनि टाढा रहनु पर्छ । संवर्त स्मृति अनुसार चंडाल ,पतित,मुर्दा अंत्यज, मासिक धर्मभएको स्त्री र दश दिनको सुत्केरी महिलालाई स्पर्श गर्नाले द्विज अपवित्र हुन्छ !
चांडालं पतितं स्पृस्ट्वा शवमन्त्यजमेब च .
उदक्वा सुतिकां नारीं सवास: स्नानमाचरेत्..
यति मात्रैै हैन , शुद्रलाई हेरेर मात्रै पनि उच्च वर्णियहरु अपवित्र हुन्छ , यस्तो धर्मशास्त्रिय विधान छ. परासर स्मृतिमालभनिएको छ ।
चाण्डालदर्शने सद्ध आदित्यमवलोकयेत्.
अर्थात चंडाल देखेर पनि सुर्य दर्शन गर्नु अनि मात्र शुद्धि हुनेछ ,
वणिक् किरात कायस्थ मालाकार कुटुम्बिन :
वेरट मेह चाण्डाल दास श्वपच कोलका :..
ऐतेअन्त्यजा :समाख्याता ये चान्ये च गवाशना:.
ऐषां संभाषणात्स्नानं दर्शनादर्कवीछणनम्:
(व्यास स्मृति १/११,१२)
अर्थात वणिक् (बनिया) किरात ,कायस्थ ,मालि ,कुनबी ,स्यारमार ,कंजर ,
चांडाल ,दास ,श्वपच र कोलि यो सबै अंतज्य हो यिनिहरुसँग कुराकुराकानी गरेपनि स्नान तथा सुर्य दर्शनले मात्र शुद्धि हुन्छ !
बाहुनले बिना विकल्प -सोचविचार नगरिकन शुद्रको धन लिन सक्छ, किनकि शुद्रको नीजि धन केहि पनि हुँदैन, शुद्रले जम्मा गरेको धनको सम्पूर्ण अधिकार उसको स्वामीमा हुन्छ ! बाहुनधर्म (हिन्दूधर्म) मा शुद्रलाई जन्मजात दास (गुलाम )घोषणा गरेको छ शुद्र खरिद गरेको होस वा नहोस उनीहरुसँग गुलामी नै गराउनुपर्छ किनकि विधाताले उनलाई बाहुनको दासत्वकै लागि नै निर्माण गरेको हो !!
क्रमशः २.
अहिले पनि नेपाल र भारतमा अछुत (अतिशुद्र )हरुको वस्ति छुट्टा छुट्टै हुन्छ, गाउँ भन्दा बाहिर नै कामी टोल ,मुसहर टोल ,चमार बस्ती चमार हुन्छ यो पनि धार्मिक व्यवस्था नै हो ,जुन अहिले पनि देख्न सकिन्छ। मनुस्मृति को यो आदेश हेर्नुहोस ।
चांडालश्वपचानां तु बहिरग्रामात्प्रतिश्रय:
अपपात्राश्च कर्तव्या धनमेषां श्वगर्दभम् ..
वासांसि मृतचेलानि भिन्नभांडेषु भोजनम्.
काष्णार्यसमलंकार: परिव्रज्या च नित्यश:
न तै: समयमन्विच्छेत्पुरुषोधर्ममाचरन्
व्यवहारो मिथस्तेषां विवाह: सदृशै: सह..
अन्नमेषां पराधिनं देयं स्याद् भिन्नभाजने.
रात्रौ न विचरेयुस्ते ग्रामेषु. नगरेषु च..
दिवा चरेयु: कार्यार्थ चिन्हिता राजशासनै:.
अबांधवं शवं चैव निरहरेयुरिति स्थिति:..
वध्यांश्च. हन्यु: सततं यथाशास्त्रं नृपाग्या.
वध्यवासांसि गृहणीयु: शय्याश्चाभरणानि च..
(मनुस्मृति १०को ५१ देखि ५६ सम्म)
अर्थात चांडाल र स्वपचको निवासगाउँ भन्दा वाहिर हुनुपर्छ , उनको पात्रलाई छनु नपरोस ,कुकुर र गधा उनिहरुको धन होस , मृतकको वस्त्र नै यिनिहरुको लगाउने पहिरऩ होस , टुटेको फुटेको वर्तनमानै भोजन गरोस , कांसको गहना (आभुषण) लगाओस , हाट-बजारमा नबसोस , काम गर्न आएर काम गरेर घरमा जाउन ,धार्मिक व्यक्तिले उनिहरुको स्पर्श नगरोस ,इनिहरुको विवाह पनि आफ्नै जातिमा मात्र होस , यिनिहरुलाइ घरमा ख्वाउनुपरेमा सेवकको हातबाट टुटेफुटेको वर्तनमा बांचेको खाना देवोस ,
यिनिहरु रातिको समयमा गाउं तथा नगरमा प्रवेश नगरोस , पगिचान नखुलेको लाश (मुर्दा) उठाओस , फांसिको सजाय पाएको मनुष्यलाइ शास्रोक्त विधि तथा राजाको आदेश अनुसार फांसिमा झुन्ड्याओस , उक्त मृतको वस्त्र , ओछ्यान सबै उनिहरुले नै लेओस ।
शुद्रको स्पर्शले उच्च जातिय हिन्दू मात्रअपवित्र नभएर उनिहरुको देवतापनि अपवित्र हुन्छ। वृद्ध हरित स्मृति अनुसार .
प्रासाददेवहम्यार्णां चाण्डालपतितादिषु.
अंत: प्रविष्टेषु तथा शुद्धि: स्यात् केन कर्मणा..
गोभि: संक्रमणं कृत्वा गोमुत्रेणैव लेपयेत्..
अर्थात मंदिर,देवस्थान आदिको बाहिर आंगनमा पनि चंण्डाल र पतित हरुले प्रवेश गरेमा कसरि शुद्धि हुन्छ? गाइको संक्रमणले अर्थात त्याहां गाइ बाधेर पछि त्यहि गाइको गौमुत्रको लेपन गरेर शुद्धि हुन्छ !
यहां शुद्र मनुष्य भन्दा गोरुको गोबर तथा मुतलाइ वढि गरिमा दिइएकोछ !!
यि त केहि उदाहरण मात्र हुन बाहुनधर्म शास्त्रको यिनको सबै धर्म शास्त्रमा प्रायः यस्तै विधि विधान गरिएको छ , जो कुनै शुद्र बनाउएकोले यो भन्दछ कि जातिविभेद र छुवाछुत धर्म शास्त्रको हिस्सा होइन , उनिहरुले या त पंडितको प्रवचन सुनेर त्यस्ता धारणा वनाएका छन ।
Leave a Reply