जातीय छुवाछुत र भेदभाव अन्त्यका लागि राजनीतिक हस्तक्षेप : प्रकाश ज्वाला

दलित अनलाईन २७ श्रावण २०७८, बुधबार १८:४८

काठमाडौं — नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री प्रकाश ज्वालाले उत्पीडित दलित समुदायमाथिको जातीय छुवाछूत र भेदभाव जस्तो अमानविय समस्याको हल गर्न सबैखालका अतिवादमाथि राजनीतिक हस्तक्षेप गर्दै अपराधीहरुमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा (जुममा) बोल्दै नेता ज्वालाले उत्पीडित समुदायहरुमाथि जातीय आधारमा छुवाछूतजन्य व्यवहार छिनछिनमा भोग्नु परेको भन्दै जातीय छुवाछूतको अपराधीहरुलाई कडा कारबाही गर्नु पर्ने बताएका हुन् ।

कर्णाली प्रदेशको पश्चिम रुकुममा नवराज विक लगायत ६ जनाको हत्या हुने गरी भएको नरसंहारमा सरकार र पार्टी मुकदर्शक भएको प्रति आक्रोस व्यक्त गरे । सर्वोच्च अदालतको फैसलालाई आरक्षण माथिको “कु” को सज्ञा दिदै दलित आन्दोलनले प्राप्त गरेको उपलब्धीको रक्षाका लागि जुटन आव्हान गरे ।

 

लोकतन्त्र जोगाउन, नेपालको संविधान जोगाउन र नेपाली कम्युनिष्ट आन्दोलनलाई जोगाउन आफूहरुले विद्रोह गरेको स्मरण गराउँदै उत्पीडित दलित समुदायमाथि भइरहेको शोषणा दमनविरुद्ध एक भएर उभिनुपर्ने उनले बताए । जातीय छुवाछुतलाई अन्त्य गर्ने सबै तहबाट राजनीतिक हस्तक्षेप जरुरी रहेको उनले दावी गरे ।  ‘हामीले जतिबेला सम्म राजनीतिक हस्तक्षेप गर्नेसक्दैनौं, त्यतिबेलासम्म जातीय छुवाछुतबाट मुक्त हुनसक्दैन  ’, उनले भने, ‘शोषणा दमनको विरुद्ध एकजुठ भएर विरोध गरौं।’

नेता ज्वालाले सिंगो पार्टीले दलित समस्या हल गर्नका लागि सबै तहका संगठन र कार्यकर्ता परिचालन गर्र्नुु पर्ने कुरामा जोड दिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले केपी ओली सरकारमा रहँदा ३ वटा बजेट आउँदा पनि दलित सम्बन्धी ठोस कार्यक्रम घोषणा नगरेको, कर्णाली प्रदेशको पश्चिम रुकुममा नवराज विक लगायत ६ जनाको हत्या हुने गरी भएको नरसंहारमा सरकार र पार्टी मुकदर्शक भएको प्रति आक्रोस व्यक्त गरे । सर्वोच्च अदालतको फैसलालाई आरक्षण माथिको “कु” को सज्ञा दिदै दलित आन्दोलनले प्राप्त गरेको उपलब्धीको रक्षाका लागि जुटन आव्हान गरे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज अहिले संगठन सुदृढिकरण तथा पुनर्गठन अभियानमा जुटेको बताउँदै केपी शर्मा ओलीले पार्टी एकता, सरकार संचालन तथा संविधानको ठाडो उल्लघंन गर्दैस्वयेच्छाचारी प्रवृति देखाएकोले त्यसका विरुद्ध लड्न २०७७ चैत्र ४ र ५ गते काठमाडौंमा सम्पन्न पार्टी कार्यकर्ता भेलाको निर्देशन अनुसार गत २०७८ बैशाख २१ गते का दिन मुक्ति समाज नेपालको पुनर्गठन गर्दै “जहाँ उत्पीडन र विभेद : त्यहाँ मुक्ति समाज नेपाल र प्रतिरोध” भन्ने अठोटकासाथ अघि बढिरहेको  अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank