जातीय आधारमा कुटिएकी दलित महिला ओरेकको सेफ हाउसमा, प्रहरीमा जाहेरी दर्ता भएन

दलित अनलाईन १ पुष २०७६, मंगलवार २०:०६

विराटनगर–समान्य विवादमा छिमेकीबाट मरणासन्न हुने गरी पिटिएकी दलित महिलाको जाहेरी दर्ता गराएर न्याय दिलाउन त परै जाओस् प्रहरीले उपचार खर्च दिलाइदिन समेत इन्कार गरेको छ ।
घरको छानालाई असर पार्ने गरी बलेसीबाट बोझा बोकेर नहिड भन्दा छिमेकीबाट मरणासन्न कुटिएकी मोरङ रतुवामाई नगरापकिला १ हटिया डाँडकी ५० बर्षीया रितनीदेवी ऋषिदेबमाथि अन्याय गर्नेलाई पक्राउ गरेर न्याय दिलाउन त परै जाओस् उपचार खर्च समेत दिलाउन प्रहरीले इन्कार गरेको हो ।
प्रहरीबाट न्याय नपाएपछि कुटपिटबाट सिकिस्त विरामी भएकी पिडित महिला न्याय माग्दै ओरेक नेपालको विराटनगर स्थित कार्यालयमा आएर शरण लिएर बसिरहेकी छन । २७ मंसिरदेखी ओरेक नेपालले उनलाई सेफ हाउसमा राखेर उपचारसँगै न्यायका लागि पहल गरिदिइरहेको छ । २१ मंसिर साँझ छिमेकी पकुवा गिरीका २१ वर्षीय छोरा श्रवण गिरीले रतियालाई आफुसँग विवाद गरेको भन्दै हात र लातले मरणसन्न कुटपिट गरेका थिए ।
ओरेक विराटनगरका प्रमुख दिपक सेन्चेरीले फिल्डबाट दलित महिलामाथि अन्याय भएको र उनको अवस्था सिकिस्त भएको जानकारी पाएपछि उद्धार गरेर सेफ हाउसमा ल्याएर राखेको वताए । उनका अनुसार घटनावारे मोरङंग प्रहरी प्रमुख र प्रवक्तालाई जानकारी गराएपछि उनको आइतबार बल्ल कोशी अस्पताल विराटनगरमा प्रहरीले घाउ जाँच गराएको छ । तर जाहेरी दर्ता गर्न भने उनले इप्रका सिँजुवा नै पुग्नुपर्ने भएको छ । जिल्ला प्रहरी मोरङले रतियाको जाहेरी बुझेर अनुसन्धान गरी ल्याउन ईप्रका सिँजुवालाई निर्देशन गरेको छ । ईप्रका सिँजुवाका इन्स्पेक्टर मोहन बजगाँइले पिडित महिला २२ मंसिरमा निवेदन लिएर आफुकहाँ आएको तर बुझने क्रममा १७ वर्षको बालकले विवादका क्रममा एक बक्सिङ मात्र हिर्काएको भन्दै जानकारी पाएकोले उपचार खर्च दिएर मिलाइदिनु भनेर प्रहरी चौकीका असई रोशन चौधरीलाई निर्देशन गरेको वताए । उनले भने , ‘गाउँका केही मान्छे र हाम्रा केही साथीहरुले मिलापत्र गराउने बहानमा बदमासी गरेछन अब प्रस्ट निर्देशन भैसकेको छ कानुन अनुसार जे हुन्छ त्यही गर्छु ।,
कानुन अनुसार अभद्र व्यवहार र कुटपिटको अपराधमा ७ दिनभित्र घाउ जाँछ गराएर जाहेरी ३५ दिनभित्र गराइसक्नुपर्ने प्रावधान छ ।

पीडित भन्छिन् : सानो जाति भएर बढी जान्ने हुने भन्दै म कुटिए ?
हाम्रो रतुवामाई नपा १ हटिया डाँडामा एक कठा जमिन छ । त्यही जमिनमा एउटा टीनको छानो भएको सानो छाप्रो वनाएर म ७० बर्र्षीय श्रीमान र किशोर उमेरका एक छोरा र एक छोरीसँगै बस्छु । हामी सबै जनमन गरेर गुजारा चलाउने गरेका छौ । छिमेकी पकवा गिरीका छोरा श्रवण गिरी पटक पटक परालकको बिटो बोकेर हाम्रो घरको टीनको छानालाई असर पर्नेगरि बलेसीबाट हिडे । मैले त्यसरी नहिड्न दुखले बनाएको घर भत्कन्छ भनेर अनुरोध गरे । तर सानो जाति भएर बढी जान्ने भएकी भन्दै श्रवणले मलाई २१ मंसिर साँझ ७ बजे हाम्रै घरमा आएर मलाई लछारपछार पारेर लात र हातले मरणसन्न कुटपिट कुटे । म कुटाईबाट सिकिस्त घाइते भएँ । फोन गरेर नजिकै रहेका सोनापुर प्रहरी चौकीमा गुहार मागे । तर रक्षाको लागि कोही पनि प्रहरी आएनन । केही छिमेकीका सहयोगीहरुले रगतपच्छे भएकी मलाई उपचारका लागि सिँजुवा बजारको नीजि क्लिनिकमा पुरयाए र उपचार गराए । भोलिपल्ट आफुमाथि सांघातिक आक्रमण भएको भन्दै चौकीमा गएँ । तर जाहेरी इप्रकामा मात्र हुन्छ भनेर पठाए । २२ मंसिरमा म ईप्रका गएँ । तर ईकाले चौकीमै मिलाउनु भनेर पठायो । तीन दिन बित्दा पनि मैले उपचार खर्च समेत पाइन । चौकीका ईन्र्चाज सई रोशन चौधरीले घटना समान्य भन्दै वास्तै गरेनन । बडा अध्यक्षहरुले पनि मलाई कुनै साथ दिएनन । सिकिस्त भएर घरमा औषधी खाँदै घरमा सुतिरहेको थिएँ । ओरेको मान्छेले मलाई उपचारका लागि विराटनगर ल्याए । जीउ अझै दुख्न छाडेको छैन । १० हजार रुपैया बढी उपचारमा खर्च भैसकेको छ । निर्धक्क घरमा गएर बस्ने वतावरण पनि छैन । थाहा छैन म गरिबले अब न्याय पाउँछु पाउँछिन । तर मेरो अनुहार अझै पनि फुलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank