इँटा भट्टामा राज्यमन्त्रीको अनुगमन : ‘कानुन बमोजिम नभए कारबाही हुन्छ’

दलित अनलाईन १८ चैत्र २०७७, बुधबार २२:०८

काठमाडौं—उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित इँटा भट्टाको अनुगमन गरेकी छन् ।
आफ्नो नगरमा सञ्चालित इँटा भट्टाबाट निस्कने धुवाँको कारण अत्याधिक प्रदुषण भएको स्थानीयले गुनासो गरेपछि राज्यमन्त्री विश्वकर्मा अनुगमनको लागि पुगेकी हुन् ।
अनुगमनमा राज्यमन्त्री विश्वकर्मासहित उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललगायतको टोली बुधबार महालक्ष्मी नगरपालिका पुगेका थियो ।
महालक्ष्मी नगरपालिका–४ मा सञ्चालित आर.के इँटा चिम्नी र केसी इँटा भट्टाको राज्यमन्त्री विश्वकर्माले अनुगमन गरेकी हुन् ।
नगरलाई प्रदुषण गर्ने किसिमले सञ्चालित भएका इँटा भट्टाहरु कानुनी रुपमा गैरकानुनी ढंगबाट सञ्चालित भएको भन्दै कानुन अनुसार कारबाही हुने अनुगमनपछि मन्त्री विश्वकर्माल बताइन् ।
‘यहाँ सञ्चालित इँटा भट्टाले स्थानीयलाई धेरै असर गरेको रहेछ । कानुन अनुसार कारबाही गछौं ’, राज्यमन्त्री विश्वकर्माले भनिन्, ‘स्थानीय स्तरमा सञ्चालितइँटा भट्टाको व्यवस्थापन प्रदेश सरकारले गर्छ। मैले प्रदेश सरकारलाई दबाव दिन्छु ।’

 


इँटा भट्टाबाट निस्कने धुवाँको कारण महालक्ष्मी नगरपालिकाका स्थानीयवासी २ दशकदेखि आक्रान्त छन् ।

त्यस्तै, राज्यमन्त्री विश्वकर्मासँग अवलोकनमा सहभागी उद्योग विभाग महानिर्देशक भुसालले सञ्चालित भट्टाको कागजात समेत जाँच गरेको बताएका छन् । ‘हामीले सञ्चालित भट्टाको कागजातसँगै अवस्थाको जाँच ग–यौं । हेर्दा यसले स्थानीयलाई असर गरेको रहेछ । यो हामी मतहत पर्दैन । प्रदेश सरकार अन्तर्गत पर्ने भएको हुँदा हामी प्रदेश सरकारसँग समन्वय गरे व्यवस्थापनको लागि अगाडी बढ्छौं,’ महानिर्देशक भुसालले भने ।
अनुगमनका क्रममा स्थानीयबासीले इँटा भट्टाबाट निस्कने धुवाँले आक्रान्त भएको बताएका छन् । ‘यहाँबाट आउने धुवाँले धेरै असर गरेको छ । कहिले त श्वास फेर्न समेत गाह्रो हुन्छ । धेरै पटक भने पनि भट्टा हटाएका छैनन् । अब मन्त्री नै आएपछि त अब काम होला नी,’ स्थानीय कान्छी श्रेष्ठ र सरस्वती श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank