महाकाली–मेची पदयात्रा भरतपुरमा (फोटो फिचर)

दलित अनलाईन ४ बैशाख २०७६, बुधबार २३:०५

शुक्रबार भरतपुरमा विशेष कार्यक्रम हुँदै

 

भरतपुर – जातीय विभेद र छुवाछुतको व्यावहारिक रुपमै अन्त्य गरौं भन्ने मूल नारासहित सुरु भएको महाकाली–मेची पदयात्रा टोली भरतपुर आइपुगेको छ ।
होमराज आचार्य, अशोक दर्नाल र रिता परियारको टोली ७ सय १७ किलोमिटरको दुरी पार गरेर बुधबार विहान भरतपुर आइपुगेको हो ।

महाकालीको दोधरा चाँदनीबाट सुरु भएको पैदलयात्रा दलित बस्ती र गाउँ छिचोल्दै भरतपुर आइपुगेको हो । टोलीलाई भरतपुर महानगरपालिका र स्थानीय दलित अधिकारकर्मी तथा नगरिक समाजका अगुवाहरुले बुधबार स्वागत गरेका छन ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जातीय विभेद र छुवाछूतको अन्त्यको लागि थाल्नु भएको महान अभियानले समाज रुपान्तरणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । टोलीलाई स्वागत गर्दै महानगर प्रमुख दाहालले अभियानमार्फत स्थानीय निकायहरुलाई समेत सकारत्मक सन्देश प्रवाह गर्ने दावी गरिन् ।

महानगरपालिकाको आयोजनामा अगामी शुक्रबार अर्थात बैशाख ६ गते विशेष कार्यक्रम गर्ने बताउँदै जातीय छुवाछूत र विभेदलाई अब व्यावहारिक रूपमै अन्त्य गर्न सबै  नगरिक एकजुट भएर कार्यान्वयनमा लाग्नुपर्ने बताइन् ।

जातीय विभेद र छुवाछुतको व्यावहारिक रुपमै अन्त्य गरौं भन्ने मूल नारासहित सुरु भएको महाकाली–मेची पदयात्रा चैत ३ गतेबाट  शुरु भएको थियो । महाकालीबाट भरतपुरसम्म आइपुग्दा पदयात्राले ७१ गाउँबस्तीका स्थानीयहरुसँग जातीय विभेद तथा छुवाछूतको अवस्थाबारे संवाद गरेका छन् । बाटोबाटामा स्थानीय अधिकारकर्मी र सर्वसाधारणहरुसँगै नगरपालिका तथा गाउँपालिकाहरुले समेत उनीहरुलाई स्वागत तथा अभिनन्दन गरेका छन् । यस पदयात्रा भरतपुरपछि मेचीतर्फ शुक्रबार नै लाग्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank