प्रहरी अनुसन्धान : सामुहिक बलत्कारमै माया विकको सास रोकियो

दलित अनलाईन २२ असार २०७५, शुक्रबार १८:०६

 

काठमाडाैं- गत असार १२ गतेदेखि ३ दिनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका–११ कि २१ वर्षीया माया विकको शव असार १५ गते नजिककैको चपरथली सामुदायक वनमा फेला पर्यो । उनको सामूहिक बलात्कार गरी हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पासविक ढंगले हात पछाडी बाँधेर मुखमा कपडा र कागज कोचेर बलात्कार गरी हत्या गरिएको प्रहरीले जनायो । ‘बलात्कार गर्ने मध्येको चौथो व्यक्तिले सेक्स गर्ने क्रममा मायाले प्राण त्यागेको बलात्कारीले स्वीकार गरेका छन,’ कैलालीको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले दलित अनलाइन डटकमलाई बताउनुभएको छ ।
घटनामा संलग्न ५ जनाविरुद्ध प्रहरीले कर्तव्यज्यान, जवर्जस्तीकरणी र सामूहिक बलात्कार गरी ३ किमिमको मुद्दा चलाएको छ । जुन घटनाको मुख्य योजनाकार गौरीगंगा नगरपालिका–११ शिवपुरका ३० वर्षीय गणेश बडुवाल रहेका छन् । उनको योजनामा अन्यलाई परिचालन गर्ने शिवपुरकै २७ वर्षीय मनोज बोगटी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले गौरीगंगा नपा–११ ऐठाका २१ वर्षीय सुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटीलाई पनि नियन्त्रणमा लिइ मुद्दा चलाएको छ । गौरीगंगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्वेक्षणमा करारमा कार्यरत माया विक तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank