६५ घर परिवारलाई राहत वितरण

दलित अनलाईन १९ बैशाख २०७७, शुक्रबार २२:००

कञ्चनपुर- कोशी ब्यारेजमा माछा मारेर गुजारा गर्ने ६५ परिवारलाई शुक्रबार राहत वितरण गरिएको छ ।
स्टोरीज अफ नेपाल समुदायको सहयोग तथा दलित सरोकार मञ्च नेपाल कञ्चनपुर –८ समन्वयमा ६५ घर परिवारलाई राहत वितरण गरिएको हो । हुमानगर कंकालिन नगरपालिका– १ मा पर्ने उक्त ब्यारेजमा ३८ परिवार मल्लाह, ६ परिवार मुसहर, ४ परिवार राम, ३ परिवार मण्डल, ५ परिवार दास, ७ परिवार मुश्लिम, १ जना साह र १ जना यादव परिवारलाई राहत वितरण गरिएको दलित सरोकार मञ्च नेपालले जनाएको छ ।
सरकारले कोरोना भाइरस फैलिन नदिन गरेको लकडाउनका कारण कोशी व्यारेजमा माछा मारेर जिविका चलाउने परिवारलाई समस्या भइरहेको थियो ।. भौतिक दुरी कायम गर्दै प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो नुन, २ किलो सोयाविन र ६ पिस साबुन वितरण गरिएको मञ्चका निर्देशक भोलाकुमार पासवानले बताए । कोशी व्यारेजमा रहेका उक्त वस्तीका अधिकांश व्यक्ति माछा मारेर जिविका चलाउँदै आएका छन् ।
कतिपयले दैनिक ज्यालादारी र कृषि मजदुरको रुपमा कार्यरत छन् । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष भिमराज मण्डल, युवा नेता विरेन्द्र माझी, इलाका प्रहरी कार्यालय भारदहका प्रतिनिधि पत्रकार लगायतको उपस्थिती रहेको थियो । एक वर्ष अघि स्टोरिज अफ नेपालका संस्थापक जय पौडेलले मल्लाह समुदायको पूख्र्यौली पेशाबारे फोटो स्टोरी गरेको थियो ।


लकडाउन भएको एक महिनाभन्दा बढी भए पनि स्थानीय सरकारले थोरै राहत सामग्री उपलब्ध गराएकोले अधिकांशको घरमा चुल्हो बल्न छोडेको स्थानीय राजेन्द्र मल्लाहले बताए । उनले भने,‘ जय पौडेल हाम्रो समाचार मात्रै छापेन, दुखको समयमा समेत सहयोग गरेर हामीलाई ठूलो गुण लगाउनु’ भयो । ’
वडा अध्यक्ष भिमराज मण्डलले समेत सहयोगीलाई धन्यवाद दिएको छ । वडाअध्यक्ष मण्डलले भने,‘ पहिलो चरणको मात्रै राहत वितरण भएको थियो, धेरै जना पहिलो चरणमा छुटेकाले पनि राहत पाएको छ । म सहयोगी संस्थालाई हृदयदेखी धन्यवाद दिन चाहन्छु ।
यस अघि स्टोरीज आफ नेपालले कञ्चनपुर नगरपालिका–५ पिप्रपुर्वमा ५) घर मुसहर समुदायलाई राहत वितरण गरेको थियो । उक्त वस्तीमा दुई वर्षअघि बाढीको समयमा मञ्चसँग समन्वय गरेर ३५ घर मर्मत गरेको, ६ जनाको जस्ता सहितको घर निमार्ण कार्य गरेको थियो ।
त्यस्तै गाउँका २८ जना महिलालाई मुढा बनाउन तालिम र १६ जना किशोरीहरुलाई सिलाई कटाईको तालिम संचालन गर्नुका साथै पूँजीका लागि मुढा तालिम पछि सबैलाई ७ हजार र सिलाई कटाई तालिम लिएकालाई १० हजार सहयोग गरेको थियो ।. स्टोरीज अफ नेपालका संस्थापक जयदेव पौडेलले कोरोना कोभिड–१९ मा आपत्तको समयमा गरिव विपन्न परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank