असंवैधानिक कदमविरुद्ध नेपाल दलित मुक्ति संगठनको प्रदर्शन [तस्बिरहरू]

दलित अनलाईन १० फाल्गुन २०७७, सोमबार २२:१९

प्रतिगमनको संज्ञा

 

काठमाडौं — संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई नेपाल दलित मुक्ति संगठनले प्रतिगमनको संज्ञा दिएको छ । उक्त कदमविरुद्ध संगठन केन्द्रीय संघर्ष समितिले प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्‍यालीमा प्रदर्शनकारीहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका थिए ।विरोध सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधि सभा विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताए ।  संवैधानिक रूपमा भएको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताए  ।

नागरिकलाई जागरुक बनाउन र प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तकाे भनाइ छ ।

नेपाल दलित मुक्ति सङ्गठन केन्द्रीय सङ्घर्ष समितिका संयोजक दलजित श्रीपाइलीले प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए ।  संविधान, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षतामाथि ‘कू’ भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरूसमेत खोसिएको अनुभूति भएकाले प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा आन्दोलन गर्नुपरेको बताए ।

मुलुकमा संवैधानिक संकट आइपरेका बेला उत्पीडित समुदायहरूले एकताबद्ध भएर घनीभूत संघर्ष गर्नु ऐतिहासिक आवश्यकता रहेको रम्तेल दलित मुक्ति संगठनका नेता परशुराम रम्तेलले बताए ।  यस्तै दलित मुक्ति संगठनका नेता गणेश विश्वकर्माले राजनीतिक प्रतिशोधका आधारमा र सिंग्रो दलित समुदायलाई अपमान गर्ने गरी प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएर दलित विरोधी कित्तामा ओली देखिएको बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank