यू–१९ महिला विश्वकपको डेब्युमा बंगलादेशको सामना गर्दै नेपाल

दलित अनलाईन ५ माघ २०८१, शनिबार १२:२६

काठमाडौं —  मलेसियामा आजदेखि सुरु भएको आइसिसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितामा पहिलोपटक सहभागी नेपालले बंगलादेशको सामना गर्दै छ। गत कात्तिकमा घरेलु टोलीलाई स्तब्ध पार्दै नेपाल एसिया छनोटको शीर्ष स्थानमा रहँदै पहिलोपटक विश्वकपमा पुगेको हो।

नेपाली समयअनुसार अपरान्ह सवा १२ बजे खेल हुनेछ । विश्वकपको डेब्यु खेलमा बंगलादेशविरुद्धको प्रतिस्पर्धालाई स्मरणीय बनाउने लक्ष्यमा नेपाली टिम छ।

नेपालले विश्वकपको समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूहबाट कम्तीमा पनि सुपर–६ मा पुग्ने लक्ष्य नेपालको छ । सुपर सिक्समा स्थान पक्का गर्न नेपालले कम्तीमा एक खेल जित्नुपर्नेछ । ‘हाम्रो लक्ष्य नै सुपर सिक्समा स्थान बनाउनु हो, यसका लागि एक जित आवश्यक छ,’ अन्तर्राष्ट्रिय मिडियासँग नेपालकी कप्तान पूजा महतोले भनिन्, ‘नेपालको तयारी राम्रो छ ।’

सन् २०२३ देखि सुरु भएको यू–१९ विश्वकपमा नेपाल एसियन छनोटमा तेस्रो भएको थियो । यसपटक विश्वकपमा १६ टोलीले भाग लिँदै छन् । १६ टोलीलाई समान चार टोली समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समान तीन–तीन टोली सुपर–६ मा पुग्नेछन् । सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फको नेपाली युवा टोलीले विश्वकपमा ‘जायन्ट राष्ट्र’ उपनाम पाएको छ । अब महिला खेलाडीले पनि यस्तै सफलता चुम्ने अपेक्षा छ । सिनियर टोलीकी पूजा महतोको कप्तानीमा रहेको नेपालले कम्तीमा समूहमा तेस्रो स्थान रक्षा गरी सुपर सिक्सको आशा बनाएको छ । महेशप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपालले अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । विश्वकपमा पनि यस्तै ब्याटिङ र बलिङको स्तरीय प्रदर्शनको आशा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank