प्रदेश प्रमुखबाट पदमुक्त भएका तिलक परियारले भने- राजनीतिक पूर्वाग्रह साँधियो

दलित अनलाईन ७ फाल्गुन २०७७, शुक्रबार १९:५१

काठमाडौं— प्रदेश २ का प्रदेश प्रमुखबाट पदमुक्त भएका तिलक परियारले तथस्टता र निष्पेक्षतापूर्वक भूमिका निर्वाह गर्दागर्दै पनि आफूमाथि राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गरेका छन् ।
आफू पूर्वमाओवादी समूहबाट सिफारिस भएकैले त्यस्तो पूर्वाग्रह राखिएको हुन सक्ने परियारको प्रतिक्रिया छ । ‘मैलै न कुनै राजनीति गरेको, न केही गरेको हो,’ दलित अनलाईनसँग परियाले भने, ‘उहाँहरूले प्रचण्डजीहरूको सिफारिसमा आएको भनेर सोच्नुभयो होला । तर, हामी तथस्टता र निष्पक्षेताको भूमिका निभाइरहेका थियौं । हामी कुनै गुटउपगुटमा खुलेका पनि छैनौं ।’
विभाजित नेकपाको आफू कुनै पनि गुटमा नलागेको उनको भनाइ छ । परियार भन्छन्, ‘पूर्वमाओवादी घटककै भएका कारण गरेको हुन सक्छ । तर, म निष्पक्ष छु । कुनै गुटमा खुलेकै छैन् । बोलेकै छैन् ।’
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार परियारलाई पदमुक्त गरेकी हुन् ।

को हुन् तिलक परियार ?

तिलक परियार संविधान सभा सदस्य भएर संविधान निर्माणमा सहभागी भएका व्यक्ति हुन् । राजनीतिशास्त्रमा बीए गरेका उनी २०२१ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनी ०३३ साल यता सक्रिय राजनीतिमा थिए । उनी ००७ सालमा रोल्पा जिल्लाको लिवाङमा जन्मिएका हुन् ।

पहिलो संविधान सभा निर्वाचनमा १८ जना उम्मेद्वारबीच १६ हजारभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । परियार बाँके जिल्लाको कोहलपुरका स्थायी बासिन्दा हुन् । माओवादी सशस्त्र संघर्षमा लागेर उनी २०५८ सालदेखि ०६३ सालसम्म भूमिगत भएका थिए । साथै, ०२८ देखि ०४२ सालसम्म निर्वासन जीवन बिताएका परियार ०५४ चैतदेखि ०५४ साउनसम्म राजनीतिक बन्दी भएरसमेत बसेका थिए ।

दलित मुक्तिमोर्चाको केन्द्रीय संयोजकसमेत भइसकेका परियारले राजनीतिको सुरुवाती समयमा भारतीय कम्युनिस्ट पार्टीका नेता वि.डी. रणदिवेबाटसमेत राजनीतिक प्रशिक्षण लिएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank