दलितसँग विवाह गरेको भन्दै माइतीपक्षबाट छोरी लगे

दलित अनलाईन ६ चैत्र २०७६, बिहीबार १२:२५

काठमाडौं–तल्लो जातसँग विवाह गरेको भन्दै माइती पक्षले अपहरणको शैलीमा श्रीमानबाट खोसेर छोरी लगेका छन् ।
सिरहाको लहान नगरपालिका–२२ बर्छवाका मुकेश विश्वकर्माकी पत्नी मधुकुमारी यादवलाई १८ फागुनमा माइती पक्षले जबर्जस्ती लगेको थियो ।
तल्लो जातसँग विवाह गरेको भन्दै आफ्नी पत्नीलाई बर्छवास्थित घरबाटै जबर्जस्ती खोसेर लगेको २३ वर्षीय मुकेश विश्वकर्माले बताए । ‘म आफ्नै घरमा थिएँ, १८ फागुनको राति विष्णुदेव यादवसहितको समूह आएर मेरी श्रीमतीलाई जबर्जस्ती उठाएर लग्यो,’ मुकेशले दलित अनलाईनसँग भने, ‘प्रतिवाद गर्दा ज्यान मार्ने धम्की दिए । त्यसयता मेरी श्रीमती बेपत्ता छिन ।’
लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित जनता डोमी प्राविधिक विद्यालयमा पढिरहेका मुकेश र लक्ष्मीपुर पतारीकी २१ वर्षीया मधुकुमारीले गत ५ मंसिरमा लहानस्थित राम मन्दिरमा विवाह गरेका थिए । यस्तै, २९ माघमा सिरहा जिल्ला अदालतले दुईबीच पति–पत्नीको नाता कायमको फैसला गरेको थियो ।
प्रहरी भन्छ– ‘केटी माईतीमा छन् ’
घटनापछि २० फागुनमा आफूले श्रीमती खोजबिनका लागि जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दिएका थिए । श्रीमानको निवेदनको आधारमा केटीको खोजी गर्न इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीलाई पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले बताए । ‘सुरुमा हामीले धेरै खोजी गर्दा पनि पाउन सकिएन, अहिले परिवारसँगै माईतीमा छन ,’ उनले भने, ‘यो अपहरण होइन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank