शून्यताको कम्बल फालेर
एकपटक ख्वाक खोक्छ
लगत्तै माथिल्लो घर खोक्छ
लगत्तै तल्लो घर खोक्छ
लगत्तै पल्लो घर खोक्छ
लगत्तै वल्लो घर खोक्छ
चराहरू चिर्बिर–चिर्बिर गर्न थाल्छन्
हलो, कुट्टो र कोदालोसँग गाउँ निस्किन्छ
कल कारखानाहरू चल्न थाल्छन्
सडक हुँइकिन थाल्छ ।
बिस्तारै सहर हल्लाले भरिन थाल्छ
वातावरण अशान्त हुँदै जान्छ ।
ठीक यहीबेला किनारामा उभिएर
अनागरिक मानिसले
सलाइै कोर्छ र सल्काउँछ चुरोट
हे ! तानाशाह नठान्नू त्यतिन्जेलसम्म
हाम्रा हातहरू खाली हुनेछन्
ओ तानाशाह ! त्यतिन्जेलसम्म
हाम्रा हातहरू हतियार भइसक्छन् !
प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक समाजले आइतबार काठमाडौँको सिफलस्थित शहीद धर्मभक्त माथेमाको शालिक अगाडि शान्तिपूर्ण विरोध प्रदर्शनमा तुम्बापोले ‘ओ तानाशाह ’ शीर्षकको क्रान्तिकारी कविता ।
Leave a Reply