बामदेव गौतमले आफ्नो बरियता त्यागेर झलनाथलाई दिए: प्रचण्डको विश्वासले फर्किएँ

दलित अनलाइन कार्तिक १९, २०८२

काठमाडाैं —दश बाम घटकको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो बरियतामा राखिएको छ। यसअघि तेस्रो बरियता तोकिएका बामदेव गौतमले आफ्नो बरियता त्यागेर झलनाथलाई दिएका हुन्।

नेता खनालले पुष्पकमल दाहाल (प्रचण्ड)को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताए।

Shivam Cement

बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै उनले सहमतिको ढिकामा आउनुको कारण प्रष्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्‍याउन आफू आएको बताए।

उनले भने, ‘ढिला आउनुको केही कारण छन्। मैले कमरेड प्रचण्डलाई भनिसकेको छु। हामी त्यो कुराहरू मिलाउछौं भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको छ। त्यही विश्वासका आधारमा केही  विमति भए पनि एकताको कुनै विकल्प छैन अहिले। त्यसकारण एकतामा बल पुर्‍याउनका लागि म यहाँ आएको हुँ, सिंगो नेपालको एकता आजको आवश्यकता हो।’

त्यस्तै उनले अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरूले संकल्प गर्न आग्रह गरे। नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए।

‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर संकल्प गरौं। यसभन्दा अगाडि पनि हामीले एकता हेर्‍यौँ। ‘ए कता’ भयो। अब त्यस्तो हुँदैन भनौँ। ए र कतालाई जोडेर अगाडि बढौँ। जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ। नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ। एउटा बलियो पार्टी निर्माण गरौँ। नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौँ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank