दलित थरमा हिन्दुकरण कसरी भयो ?

चन्देश्वर दास २६ पुष २०७७, आईतवार २०:००

ब्राम्हणधर्मको कानुन विधान मनुस्मृतिमा शुद्रहरुको नामकरण गर्नै विधान छ, जसमा बाहुनको निम मंगलवाचक, क्षेत्रीको नाम बलवाचक, वैश्यको नाम धन वाचक तथा शुद्रको नाम दाशान्त झल्किने खालको राख्नु पर्दछ भनि उल्लेख गरिएको छ । शुद्रहरुको नाम थर सम्मानयुक्त नरहेको अहिले पनि धेरै पाउन सकिन्छ । जस्तै बुधवार जन्मेको शुद्र बालकको नाम ब्राम्हणले नामांकन गर्नु परेमा बुध्धे तराईतिर बुधना, बुध्धुराम, नेप्टे चेप्टे, काले, गोरे, ढांरे, चितुवा इत्यादि राखेको अहिले पनि पाउन सकिन्छ । शुद्रहरुको नामको पछाडी  जात नै लेख्नु पर्ने वाध्यता थियो, अन्य थर लेखाउन खोज्दा पनि नाम थर लेख्ने कर्मचारीले जात नै लेखिदिने गरेको धेरै उदाहरणहरु छ । शुद्रहरुको पहिचान नाम थर नै ले नै परिचित हुने गरि राख्न वाध्यकारि व्यवस्था थियो।

२०७७ श्रावणमा प्रकाशित सह-अस्तित्व नामक मासिक पत्रिकामा केहि दलितको नागरिकता प्रकाशित गरिएको थियो जसमा नाम थर उल्लेख थियो। कुकुर कामी , कुकुर्नी कमिनी, कुकुरे दमाइ यी नाम थरहरु देखेर यस्तो लाग्यो कि कुनै पनि बाबु आमाले आफ्नो संतान को नाम यति निष्कृष्ट राख्न सक्दैन चाहे त्यो बाबाआमा जति नै मुर्ख तथा अनपढ होस । नेपालको चर्चित लोकगीत गायक कुमार बस्नेतले धेरै पहिले एउटा गीत गाएको थियो उक्त गीतको बोल थियो “नेप्टि मगर्नी ओइ नेप्टि मगर्नी ” २०४७ शाल पछि मगर संघले अदालतमा मुद्दा हालेर यो गीतमाथि प्रतिबंध लगाएको थियो । हिन्दु धर्मबाट भइरहेको तिरस्कार जाति विभेद छुवाछुतको कारण हिन्दुधर्मबाट टाढा हुदैंगएको बहुजन मुलबासीहरुलाई  हिन्दू बाहुनधर्मको ठेकेदारहरुले दलित जनजाति पनि चौथो दर्जाको हिन्दु नै हो भनेर विगत देखि वर्तमान सम्म प्रयास गर्दै आइरहेको छ, उनीहरुको सोही प्रयास अनुसार विभिन्न उत्पिडित समुदायहरुको थर गरि तथाकथित देवी देवता प्रति उनीहरुको आस्था जागोस भनेर उनीहरुलाई हिन्दुकरण गरिदैंछ ।

बाहुनले आफ्नो वर्चस्व हुनेगरि निर्माण गरेको धर्मलाई अहिले हिन्दूधर्मको नाम दिएर विज्ञापन गरिरहेको छ। आजभोलि दलित जनजाति अंतर्गत केहि जातहरुलाई सार्वजनिक कार्यक्रम गरेर बाहुनहरुले जनै पनि लगाइदिने गरेको छ यसको प्रमुख कारण हिन्दुत्वको डोरीमा बांध्नु हो। किनकि नेपालमा हिन्दूधर्म परित्याग गर्ने अग्रपंक्तिमा दलित समुदायहरु नै छ ।

अहिले चमारको थर राम, डोम मेस्तरको थर वाल्मीकि, कामिको थर विश्वकर्मा, मुसहरको थर ऋषिदेव इत्यादि थर हरु राखेको पाइन्छ । यी समुदायहरुलाइ यो सिकाइन्छ कि तिम्रो अराध्य त राम, कृष्ण, वाल्मीकि, व्यास, विश्वकर्मा हो तिमि यो ऋषि र राजा रुको संतान हो भनि जन्मघुंटि पिलाइरहेको छ । तर वास्तविकता त के छ भने कुनै समयमा यी समुदायलाइ यी बाहुनहरुले कल्पना गरेको तथाकथित विष्णुको अवतार हरुलाइ पुजा आराधना गर्न पनि प्रतिबंधित थियो। बाहुन शास्त्र अनुसार प्राचीन काल देखि हाल सम्म कोहि व्यक्ति पनि न त ब्राम्हण बाट शुद्र तथा शुद्र बाट पद्दोनति भएर ब्राम्हण भएको छैन, हुन त बाहुनवादिहरुले रामायणकथाको लेखक वाल्मीकि, महाभारतकथाको रचियता ब्यास र विश्वामित्रहरुको ज्ञानार्जन गरेर वर्ण परिवर्तन भएको भनेर प्रचारित गरे पनि शास्त्र अनुसार यीनिहरु पनि जन्मजात बाहुन नै थिए। किनकि बाहुनधर्मको धर्मशास्त्र अनुसार चातुर्वर्णय वर्णव्यवस्था जन्मना नै हुन्छ कर्मना हुदैंन ।

बाहुनले आफ्नो वर्चस्व हुनेगरि निर्माण गरेको धर्मलाई अहिले हिन्दूधर्मको नाम दिएर विज्ञापन गरिरहेको छ। आजभोलि दलित जनजाति अंतर्गत केहि जातहरुलाई सार्वजनिक कार्यक्रम गरेर बाहुनहरुले जनै पनि लगाइदिने गरेको छ यसको प्रमुख कारण हिन्दुत्वको डोरीमा बांध्नु हो। किनकि नेपालमा हिन्दूधर्म परित्याग गर्ने अग्रपंक्तिमा दलित समुदायहरु नै छ । दलितहरु पनि खुबै खुशी भएर आफै हिन्दुकरणको नाममा बाहुनधर्मको गुलाम बनिरहेको छ ।  जसरी गधाहालाई धोएर गाई हुदैंन त्यसैगरि चातुर्वर्णय वर्णव्यवस्थामा आधारित हिन्दूधर्मलाई सुधार्न सकिदैंन, यो असमानता विभेदको जरो बाहुनहरुको सबैभंदा पुरानो ग्रन्थ वेद उल्लेख छ जसलाई उनिहरुले अति पवित्र ग्रन्थको संज्ञा दिदै आएको छ।

असमानता पुर्ण चातुर्वर्णय वर्णव्यवस्थाको विरुद्धमा विभिन्न समयमा विभिन्न महापुरुषहरुले प्रश्न उठांउदै आएको छ। महान बुद्ध पनि यो व्यवस्थाको कट्टर आलोचक थिए र उनले पनि छुट्टै मार्गको स्थापना गरे। त्यस पछि कवीर, रविदास लगायतको विद्वानहरुले पनि चातुर्वर्णय वर्णव्यवस्था मानव जातिको अप्राकृतिक व्यवस्था हो यो व्यवस्था बाहुनको  सर्वोच्चतामा टिकेको व्यवस्था हो भंदै बाहुनवादको आलोचना गरे तर पनि जन्मना वर्णव्यवस्था मा कुनै सुधार भएन। यसैको कारण भारतवर्षमा इस्लाम फैलियो, इसाइ फैलियो, १९ औं शताब्दीमा भारतको संविधान निर्माता आधुनिक समाजशास्त्रको ज्ञाता डा. भिमराव अम्बेडकरले आफ्ना लाखौ अनुयायीहरु सहित बौद्ध धम्म स्वीकार गरे। तसर्थ शुद्र, अतिशुद्र(अछुत)हरुले हिन्दूधर्ममा सुधार हुन्छ भनेर आशा गर्नुभंदा यो धर्मलाई तिलांजलि दिनुनै सर्वोत्तमा उपाय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank