गैरदलित युवाहरुबाट दलितबस्तीका युवाहरु कुटिए,पाँच घाइते

दलित अनलाईन ७ भाद्र २०७७, आईतवार १७:५३

काठमाडौं— शनिबार राती दलित बस्तीमा गैर दलित युवाहरुले पसेर दलित युवाहरुलाई कुटपिट गर्दा पाँच घाइते बनेका छन् ।
कैलालीे घोडाघोडी नगरपालिका–६ बछुरियास्थिति आदर्शनगर टोलमा गैर दलित युवाहरु पसेर जातीय आधारमा गाली गलौज गदै दलित महिला र युवाहरुलाई आक्रमण गर्दा पाँच जना घाइते बनेका हुन् ।
शनिबार स्थानीय टोलका गैरदलित युवाहरु बस्तीमा आई जातीय आधारमा दलित र डुमहरु केही गर्न नसक्ने बताउँदै कुटपिटमा उत्रिएको घाइते सुनिल विकले बताए ।
गैरदलित युवाहरुको कुटपिटबाट बस्तीका सुनिल विक, भिम बिक,करण विक, अनिल विक र नवराज विक घाइते भएका छन् । उनीहरको घोडाघोडी अस्पतालबाट नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ । घाइतेको टाउको, खुट्टा र शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।
स्थानीय खेमराज बम, ललित भण्डारी, दल बहादर भण्डारी, देव बहादुर भण्डारी,नुप भण्डारी र गोपी साउँद र डम्मर साउँदको समुहले यस अघि पनि दलित वस्तीमा पसेर जातीय आधारमा गाली गलौज गर्ने गरी आक्रमणको प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank