परशुराम रम्तेलद्वारा दलित आयोगको सदस्य अस्वीकार

दलित अनलाईन ५ पुष २०७७, आईतवार २२:३८

काठमाडौं — लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगहरुमा सरकारले  नियुक्त गरेपछि  सहमतिविनै राष्ट्रिय दलित अयोगको सदस्यमा नियुक्त गरिएको भन्दै  परशुराम रम्तेलले उक्त नियुक्ति अस्वीकार गरेका छन् ।

‘संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरी मन्त्रिपरिषदबाट सिफारिस गरिएको राष्ट्रिय दलित आयोगको सदस्यमा मेरो नाम उल्लेख भएको छ । मेरो सहमतिबिना मेरो नाम उल्लेख गरिएको छ’, रम्तेलले आइतबार असहमति प्रकट गर्दै भनेका छन, ‘सहमति विपरित नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको असंवैधानिक तरिकाले गरिएको असंवैधानिक सिफारिस र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु । मेरो असंवैधानिक सिफारिसको भ्रममा नपर्न सवैमा हार्दिक आग्रह गर्दछु ।’

गत मंसिर ३० गते बसेको संवैधानिक परिषदले देवराज विकलाई अध्यक्षसहित मिना सोभ, परशुराम रमतेल, कुञ्ज बराइली, मेहेले पार्कीलाई सदस्यमा नियुक्ति गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank