छाक टार्ने अन्न छैन्, ओत लाग्ने छानो छैन् !

दलित अनलाईन २१ श्रावण २०७७, बुधबार ११:२४

कालिकोट- कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ का बुँदे सार्कीको परिवार स्थानीय सामुदायिक वनको खुल्ला चौरमा बस्न थालेको एक साता भयो । साउन १४ गतेको बाढी–पहिरोले उनीसहित ४७ परिवारको घरमा क्षति पुरयायो । ति मध्ये २४ परिवार गाउँ नजिकैको डोप्का सामुदायिक वनको खाली क्षेत्रमा खुल्ला आकासमुनि बसिरहेका छन् । पहिरोले घर विहीन भएकाहरुसँग ओत लाग्ने पाल छैन्, खानका लागि अन्न छैन् । केहीले एकसरो पाल टाँगेका छन् । यसले पानी र घाम छेक्दैन् । अधिकांसले स्याउलाको पातको छानो बनाएका छन् ।

‘रुखको फेदमा स्याउलाको (पात) छानो बनाएका छौं, खानलाई अन्न छैन्,’ बुँदेले टेलिफोनमा नागरिकसँग भने, ‘दुर्गमको ठाउँ भएर होला अहिलेसम्म कोही सहयोगी फेला पारेका छैनौं ।’ पहिरोले घर विहीन भएको एक साता हुँदा पनि नजिकको सरकार स्थानीय तहले अहिलेसम्म राहत उपलब्ध गराएको छैन् । स्याउलाको छानोले घाम–पानी छेक्दैन् । घरसँगै बाढीले अन्नपात पनि बगायो । अहिले छाक टार्नका लागि बाढीपीडितले गाउँलेको सहारा लिनु परिरहेको छ ।

बाढीपीडितहरु तत्कालका लागि ओत लाग्ने पाल र छाक टार्ने खाद्यान्नको आश गरिरहेका छन् । ‘गाउँपालिकासँग पटक–पटक पाल र खाद्यान्नको माग ग¥यौं, अहिलेसम्म सुनुवाई भएको छैन्,’ स्थानीय दल दमाईले भने, ‘गाउँलेले सापटी दिएको अन्नले कहिलेसम्म टर्ने हो थाहा छैन् ।’ बाढीले कर्णाली राजमार्गसँगै जीते–सान्नीगाढ सडकमा पनि क्षति पु¥याएको छ । नजिकका बजारमा पनि दैनिक उपभोग्य बस्तुको अभाव छ । ‘पैसाले खाद्यान्न किन्छौं भन्दा पनि नजिकका बजारमा पाइने अवस्था छैन्,’ उनले भने, ‘पाल र छाक टार्नका लागि खाद्यान्न भइदिए धेरै राहत हुन्थ्यो ।’

वडाध्यक्ष रंगराज सार्कीले त्रिपालको व्यवस्थापनका लागि सहयोगी निकायहरुसँग छलफल भइरहेको बताए । ‘एक गैरसरकारी संस्थाले बाढीपीडितका लागि त्रिपाल दिन्छौं भनेकाले अहिले सदरमुकाम मान्मामा आएको छु,’ उनले भने, ‘एक–दुई दिनमै यसको व्यवस्थापन हुन्छ ।’ उनले अधिक वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भएकाले त्रिपाल गाउँसम्म पु¥याउन समय लाग्ने बताए । उनले छानो भन्दा पनि बाढीपीडितका लागि खाद्यान्नको समस्या रहेको बताए । ‘अधिकांस निम्न वर्गका दलित समुदायहरु विस्थापित हुनु भएको छ,’ उनले भने, ‘त्रिपाल भन्दापनि उहाँहरुलाई खाद्यान्नको धेरै समस्या छ ।’

मुख्यमन्त्री हेलिकोप्टरमा गए, पीडित भेटेनन्
साउन १४ गते आएको पहिरोले सान्नीत्रिवेणी गाउँपालिका–६ को गडुलकोटमा दुई जनाको मृत्यु भयो । ४७ परिवार विस्थापित भए । दुई दिनपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बाढीपहिरोको क्षतिको मूल्याङ्कन गर्न गृह जिल्ला कालिकोट पुगे । गडुलकोट पुगेका मुख्यमन्त्री शाहीले मृतक पर्शुराम सञ्ज्याल र तारा सञ्ज्याललाई श्रद्धाञ्जली दिए । तर, बाढीले विस्थापित भएर नजिकैको जंगलमा बसिरहेका पीडितहरुलाई उनले भेटेनन् ।

‘मुख्यमन्त्री आइदिएको भए समस्या देख्नुहुन्थ्यो, हाम्रा समस्या चाँडै समाधान हुन्थे,’ स्थानीय कन्न लुवारले भने, ‘भुइँमै पाइला नटेकेर हेलिकोप्टरबाटै हेरेको भरमा हाम्रा समस्या के समाधान हुन्थे ।’ मुख्यमन्त्री शाही दुई दिनसम्म हेलिकोप्टरमा कालिकोट घुमे । गडुलकोट, राष्टकोट, पचालझरना, नरहरिनाथ, महाबैलगायतका ठाउँमा पुगे । तर, विस्थापित भएर कष्टकर दैनिकी विताइरहेकाहरुसम् मभने उनी पुगेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank