सांसद मीन विश्वकर्माको स्वास्थ्य सुधारोन्मुख हुँदै

दलित अनलाईन २२ कार्तिक २०७७, शनिबार २१:२५

 

काठमाडौं— कोरोना संक्रमणबाट उच्च जोखिममा रहेका सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्य सुधारोन्मुख हुँदै आएको छ ।
टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो ।
कोरोना संक्रमण र निमोनियाको समस्या देखिएपछि सांसद विश्वकर्माको स्वास्थ्य अवस्था गम्भिर भएपछि कात्तिक १२ गते ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । उनलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
भेन्टिेलेटरमा राखेर उपचार गर्दा समेत विश्वकर्माको होस् नखुलेपछि थिइनन् । कात्तिक १८ गते विश्वकर्माको होस् खुलेको थियो । कोरोनाको टेस्ट गर्दा नेगेटिभ आएको छ । तर, होस् खुले पनि शारिरिक रुपमा धेरै नै कमजोर भएपछि डाक्टरहरुले तत्काल भेन्टिलेटरमै राखेर केही दिन अब्जरवेसनमा गर्ने बताएका छन् । विश्वकर्माको उपचारमा सुवास आचार्यको नेतृत्वमा आनन्द ठाकुरसहितका डाक्टरहरु खटिएका दलित संघका सचिव दिपक सोनी सुनारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank