सरकारले १० लाख राहतमा किन्दै छुवाछुत

अमर बराईली २७ आश्विन २०७७, मंगलवार ११:३२

 

बहस : नेपालमा दलित भविष्य

 

चैत ११ गतेदेखि लकडाउन सुरु भएसँगै अहिलेको अवस्थासम्म आइपुग्दा दलित समुदायमाथि निकै क्रुरु हत्या श्रंखृलाबद्ध जारी छ । रुकुम पश्चित सोतीमा अन्तरजातीय प्रेम विवाहको निहुँमा नवराज विकसहित ६ जना युवाहरु मारिए ।
सातवटा प्रदेशसँग ७७ वटा जिल्लाका स्थानीय तहहरुको चोकचोक गल्ली–गल्लीबाट विरोधको आन्दोलन उठ्यो । दलित संघ–सस्था,दलित अधिकारकारकर्मी, दलित संघर्ष समिति,दलित नागरिक समाज ,दलित बिद्यार्थी ,दलित मानवअधिकार एलाईन्स ,मानवअधिकारवादी लगायत सरोकारवाला निकायहरुले देशव्यापी रुपमा आन्दोलनको जनलहर चल्यो । राजधानी र केही जिल्लाहरुमा दलित संघर्ष समिति नै बनाएर आन्दोलन चर्कियो । रुकुम हत्या प्रकरण सेलाउन नपाउँदै जिल्लामा शभ्भु सदा ,अंगीरा पासीको छुवाछुत र विभेदकै कारण हत्या गरियो ,स्याङ्गजाकी ६ बर्षीय दलित बालिका सम्झना विश्वकर्माको बलत्कारपछि हत्या गरेर फालियो । घटना, गुल्मी, मोरङ्ग ,भोजपुर लगायतका जिल्ला–जिल्लामा दलित समुदायमाथि यो वा त्यो वहानामा चरम रुपमा विभेदका घटनाहरु सार्वजनिक भए । दलित महिला र दलित बालिकाहरुमाथि एकपछि अर्को गदै बलात्कारका घटनाहरु डर लाग्दो रुपमा छताछुल्ल भएका छन् । लकडाउनकै बीचमा मात्र दलित समुदायमाथि ५४ भन्दा बढी घटना भए ।

विगतको दलित आन्दोलनको उपज
यी सबै घटनाहरुको एउटै मक्सद थियो ,कि जातीय छुवाछुत र विभेदको अन्त्य गर्ने । त्यसरी नै दलित आन्दोलनले साथ समर्थन पायो तर दलित आन्दोलन जतिखेर भगत सर्वजित विश्वकर्माले १९९७ देखि बाग्लुङ्गबाट आरानको टुडो भाँच्ने आन्दोलन गरेका त्यस आन्दोलनले सार्थकता पायो । जात व्यावस्थामा केही सुधारात्मक परिवर्तन ल्याउनको लागि विश्वकर्माले ठुलो भूमिका निर्वाह गर्नुभएको थियो । तर त्यसताका देखिको चलेको दलित आन्दोलनले निकै परिवर्तनहरु ल्याउन सफल भयो । मुलुकी ऐन २०२० अदलको १० क र नेपालको संविधान २०४६ अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ लगायत सवैधानिक राष्टिय दलित आयोग, छुवाछुत मुक्त राष्ट घोषणा २०६३ जातीय छुवाछुत सजाय र कसुर ऐन २०६८ यी सबै कानुनहरु दलित आन्दोलनको उपज हो ।

किन बेमौसमी बन्दैछ दलित आन्दोलन
भनिन्छ– आन्दोलनको बल, सडक तताएर ,विकुल फुकेर गरेको आन्दोलनले नै परिवर्तनहरु सम्भव भएका विगतको ईतिहासले साक्षी छ । त्यसमा नेपालका अन्य जाति वर्ग,समूह,विगतका परिवर्तित आन्दोलनले धेरे परिवर्तनकारी भएका उदाहरण हामीले देखीरहेका छौ । तर नेपालको दलित आन्दोलन हिजो आज बेमौसमी बन्न थालेको छ । जतिखेर पानी पर्छ ,त्यतिखेर घुम ओड्ने नेपाली उखान जस्तै बनेको छ । सरदर नेपालमा एकै दिनमा ३० वटा घटनाहरु जातीया छुवाछुत र विभेदको घटनाहरु घटने गरेको तथ्याङ्गले देखाएको छ । यति धेरै घटनाहरु सतहमा नआईकन सार्वजानिक नभईकन समाजमा मिलापत्र हुन्छन । कतिपय घटना भित्रभित्रै मिलाईन्छ । त्यस मध्येको ठुला ठुला छुवाछुत र विभेदको घटनाहरु मात्र बाध्यताले गर्दा बाहिरिन्छन । घटनाहरु सार्वजानिक भईसकेपछि अनि बेमौसमी आन्दोलन शुरु हुन्छ । सडक तातिन्छ ,आन्दोलन शुरु हुन्छ ,छानविन समिति बन्छ ,छानविन समितिले प्रतिवेदन सरकारलाई बुझाउँछन् । केही दलित संघ सस्थाहरुले पनि छानविन गर्छ । सरकारले पिडकलाई क्षतिपूति १० लाख दिन्छ अनि सडक आन्दोलन सेलाउन पुग्छ । आन्दोलन निरन्तर हुन सक्दैनन् । दलित संघ–सस्था दलित समुदायहरु चुप लागेर बस्छन, आन्दोलन चटक्कै विर्सछन् ।
किन १० लाख क्षतिपूर्ति दिईरहन्छ सरकार
वास्तवमा हामी दलित समुदायहरु १० लाखमा विकेको भन्दा अत्युक्ति नहोला । किनकि कमजोरी हामी सबैको हो । जातीय छुवाछुत विभेदको हत्या ,बलत्कारपछिको हत्याको मूल्य १० लाख हो त ? र दलित समुदायहरुलाई विभेदको कारण हत्या गर्न छोडिदैन र यो १० लाख क्षतिपूर्ति पनि निरन्तर हाम्रा सन्ततिहरुसम्म पाउँछन् होला ! तर सरासर हामी सबैले गलत गरिरहेका छौ । किन हामी भन्न सकिरहेका छैनौं । हामीलाई १० लाख हैन देशको कानुन परिवर्तन गर । १० लाख हैन, नेपालको संविधानमा जातीय, मुलुकी सहिता २०७५ मा जातिय छुवाछुत र विभेद गर्नेलाई जन्मकैद सजायको व्यावस्था गर भन्न किन सकिरहेका छैनौं दलित आन्दोलन बैमौसमी किन बनिरहेको छ र आन्दोलनलाई किन निरन्तरता दिन सकिरहेका छैनौ ,यो सोचाईमा परिवर्तन गर्नु अब जरुरी छ ।

जातीय छुवाछुत विभेदको हत्या ,बलत्कारपछिको हत्याको मूल्य १० लाख हो त ? र दलित समुदायहरुलाई विभेदको कारण हत्या गर्न छोडिदैन र यो १० लाख क्षतिपूर्ति पनि निरन्तर हाम्रा सन्ततिहरुसम्म पाउँछन् होला ! तर सरासर हामी सबैले गलत गरिरहेका छौ ।

 

अबको आन्दोलनको कार्यदिशा
समाज परिवर्तन गर्न पिडित स्वयम नै लागिपरेर सम्भव नहुने, आजको हाम्रो आन्दोलनको अनुभवले देखाएको छ । जसरी भ्यागुतो कुनै एक ठुलो डिल भित्र पस्यो भने उ जतिसुखै उफ्रेर पनि डिल माथि जान सक्दैन् र उसलाई कुनै अर्को दोश्रो जीवले सहयोग गयो भने सहजै निस्कन सक्छ । त्यसकारण दलित आन्दोलनमा पनि हामी दलित समुदायहरु मात्र लागिपरेका छौ यस आन्दोलनलाई साझा आन्दोलन बनाउन जरुरी छ । सबैको साथ समर्थन जुटाउनको लागि अब दलित संघ–सस्था अधिकारवादी संघ–सस्था, दलित अधिकारकर्मीहरु, दलित नागरिक समाज लगायत सरोकारवाला निकायहरु अब गैरदलित समुदायहरुसँग सहकार्य, समन्वय गर्न आवश्याकता छ । किनकि दलित आन्दोलनको विगतमा केही उपलब्धी त हासिल गर्यो तर विभेद अन्त्य हुने स्थिति देखिएन । त्यसकारण पनि अबको आन्दोलन परिवर्तित हुनुपर्छ । जातीय छुवाछुत सबैको चासोको बिषय बन्न सक्नुपर्छ । सबैको साझा आवाज हुनुपर्छ । सबैले जातीय छुवाछुत अन्त्य गरौ भन्ने आवाज निकाल्नु पर्छ । सडक तताउनु पर्छ । सरकारलाई घुडा टेकाउनु पर्छ ।

राजनैतिक दलका दलित नेतृत्वहरु, एक कदम अगाडी बढौ
वास्तवमा राज्यमा ठुला ठुला परिवर्तनहरु भएका छन् । ती परिवर्तनहरु राजनैतिक दलबाट मात्र सम्भव छ । यहाँ कुनै व्यक्ति समुदायहरु कुर्लेर हुनेवाला केही देखिएन । राजनैतिक दलमा रहने दलित साथीहरु ,तपाईहरु राजनैतिक दलभन्दा एककदम अगाडी बढ्न जरुरी छ । दलको ह्वीपको घेरालाई तोड्न जरुरी छ । सायद दलित साथीहरु तपाईले पाएको पद र कुर्सी गए पनि जाओस,जातीय मुक्ति आन्दोलनले सार्थकता पायो भने त्यस्ता कुर्सीहरु जीवनमा र हाम्रा भावी पुस्ताहरुले धेरै पाउँछन् । राज्यमा रहेका सबै राजनैतिक दलहरुमा रहने आदरणीय दलित नेतृत्वगण ज्युहरु आउनुहोस ,मन्थन गरौ । छलफल गरौ, सबै दलका दलित नेतृत्वहरु जातीय मुद्दाको एउटै थलोमा बसौ साझा डेस्क बनाऔ ,निश्चित कार्यदिशा बनाऔ र आ आफनो दलमा गएर कार्यन्वयन गराउन दबाब दिऔ र राजनैतिक दललाई जिम्मेवार बनाई जातीय विभेदको अन्त्य गर्नतर्फ आज देखि नै लागि परौ ।

दलित महाभेला गरौ 
दलितका संघ सस्था, दलित अधिकारकर्मी, अभियान्ता, दलित नागरिक समाज, दलित बुद्धिजिवी, लेखक, राजनैतिक दलका भातृ सघ–सगठनका दलित नेतृत्वहरु, दलित संघीय संसद, प्रदेशसभा दलित संसद, स्थानीय तहका दलित जनप्रतिनिधीहरु ,दलित बिद्यार्थी ,दलित पत्रकार लगायत दलित समुदायहरुका लागि खास–खास योगदान पु–याएका दलित व्यक्तित्वहरु सम्मिलित राष्ट्रिय स्तरको दलित महाभेला आगामी १ बर्षभित्र गरौ । यसका लागि दलित संघ–सस्था जस जसले दलित सशक्तिकरणका लागि काम गरिरहनु भएको छ । अब तपाईहरुको ध्यान यतातिर केन्द्रित होस ,अब बालुवामा पानी नहालौ किनकि धेरै खेर गईसक्यो ,परिवर्तन शुन्य छ । नाम कमाएर ,दाम कमाएर केही हुनेवाला छैन । समुदायको परिवर्तनका लागि आजै वहस र छलफल गरौ राष्ट्रिय स्तरको कार्यक्रमको सोच बनाऔ । त्यही भेलाले दलित आन्दोलनको साझा कार्यदिशा बनाऔ ,गैरदलितहरु सँग समन्वय सहकार्य गर्न सक्ने रणनितिय योजना बनाऔ । दलित आन्दोलनको स्वरुप परिवर्तन ,भाव परिवर्तन गरौ । अनि देशव्यापी आन्दोलनको आँधी बेरी सृजना गरौ । त्यसले पक्कै पनि जातीय छुवाछुत र विभेद अन्त्य गर्नका लागि साच्चै नै धेरै महत्वपूर्ण ऐतिहासिक परिवर्तन ल्याउने कुरामा दुईमत छैन् ।

निरन्तर दलित आन्दोलनको क्यालेन्डर तय गरौ 
अब जातीय छुवाछुत विभेदको घटनामा दलित मारिदा मात्रै गरिने आन्दोलनले केही हुनेवाला छैन ,यो त केवल बेमौसमी आन्दोलन मात्र हो । यसले कुनै परिवर्तन हासिल नगरेको हामीले अनुभवहरु सम्हालीसकेका छौ । हामी आन्दोलन गछौ ,पिडकलाई १० लाख राहत त आउला तर सधैको लागि छुवाछुत विभेद अन्त्य भएर जादैन । यसले त सरकारले त्यही राहत दोहो¥याउला तर विभेद जस्ताका तस्तै रहने निश्चित छ । त्यसकारण राष्ट्रिय स्तरको दलित महाभेलाको आयोजना गरौ । दलित आन्दोलनको क्यालेन्डर सहितको रणनितिक योजना बनाएर परिवर्तित दलित आन्दोलनको घोषणा गरौ, काँधमा काँध मिलाएर सहकार्य गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank