हिन्दु शास्त्रमा जातिविभेद र छुवाछुत

चन्देश्वर दास ७ कार्तिक २०७७, शुक्रबार ०६:३१

बहस : नेपालमा दलित भविष्य

 

जाति व्यवस्था ,जाति विभेद, छुवाछुत, सामाजिक कुरिति हो , यो धार्मिक व्यवस्था होइन भनेर बाहुनहरु अछुत बनाइएका समुदायलाइ सम्झाउन सफल भएको छ , किनकि धार्मिक पुस्तक र धार्मिक व्यवस्थाको व्याख्या गर्ने अधिकार बाहुन संग मात्र सिमित छ,तर वास्तविकता त्यस्तो छैन । बाहुनको प्रत्येक पुस्तकमा जाति विभेदको व्यवस्था छ , कुनै मित्रहरुलाइ आपति भए सम्बन्धित पुस्तक हेर्न अनुरोध छ , जुन आजको २१औ शताब्दीमा पनि ज्युंँकात्युँ छ ।
संकंद पुराण वैष्णव खंडको अध्याय १९ जुन शंकराचार्यको आख्यान मानिन्छ ।
उपदेशो न कर्तव्यो जातिहीनस्य कस्यचित ।
उपदेशे महान् दोष उपाध्यायस्य विद्धते ..
यदि. चोपदिशेद् विप्रः शुद्रं चैतानि कहिर्चित्.
त्यजेयुर्बाह्मणा विप्रं तं ग्रामाद ब्रम्हासंकुलात् ..
शुद्राय चोपदेष्टारं द्विज चाण्डालवत् त्यजेत्.
शुद्रं. चाछरसंयुक्तं दुरतः परिवर्जयते् ..

अर्थात हिन जातिको व्यक्तिलाइ कहिल्यै राम्रो राम्रो उपदेश नदिनु ,यदि उपाध्यायले नीच जातिलाइ उपदेश दिएमा ठुलो दोष लाग्छ , यदि कुनै बाहुनले शुद्रलाई उपदेश दिन्छ भने सबै बाहुन मिलेर त्यस बाहुनलाई वहिस्कार गर्नुपर्दछ , त्यसलाई चंडाललाई त्यागे जस्ता गरी त्यागी दिनु , तथा पढेलेखेको शुद्रलाई टाढै बाट त्यागी दिनु त्यसलाइ छेउ आउन नदिनु !
मनुस्मृति ८ र २८१ अनुसार
सहासनमभिप्रेप्सुत्कृष्टस्यापकृष्टज :
कट्यां कृतांको निर्वासयः स्फिचं वास्यावकर्तयेत्..
शुद्रले बाहुन वा राजा संगसंगै बस्न खोज्ने शुद्रलाई तातो फलामले कम्मरमा डामेर देश निकाला गर्दिनु तथा उसको नितम्ब लाई काटिदिनु । बाहुनको व्यवस्थामा शुद्रसंग यस्तो व्यवहार गर्ने आदेश दिन्छ ,जस्तो कुनै शिकारीले शिकार संग गर्छ, शुद्रसंग भएको धन अर्थ जबरजस्ती खोस्ने आदेश दिन्छ ।
आहरेत् त्रीणि वा द्वे वा कामं शद्रस्य वेश्मनः
न हि शुद्रस्य यग्येषु कश्चिदस्ति परिग्रह :…
(मनुस्मृति ११ र १३)

अर्थात यदि यज्ञ तिन कारणले पुरा पुरा नहुने भए , उक्त यज्ञ पुर्णताको लागि वैश्यको धनले पनि नपुगे बलात्कार या चोरी गरेर भए पनि जबरजस्ती शुद्रको धन खोसेर पनि यज्ञ पुरा गर्नु किनकि शुद्रलाई न त यज्ञ गर्ने अधिकार छ न त धन जम्मा गर्ने !! यस्तै मनुस्मृतिको ८र४१७ मा पनि यस्तै नियम छ।
विस्रब्धं ब्राह्मणः शुद्राद् द्रव्योपादानमाहारेत्.
न हि तस्यास्ति किंचित्स्वं भर्तृहार्यधनो हि सः.
अर्थात बाहुनले बिना विकल्प सोंचविचार नगरिकन शुद्रको धन लिन सक्छ , किनकि शुद्रको नीजी धन केहि पनि हुदैंन, शुद्रले जम्मा गरेको धनको सम्पूर्ण अधिकार उसको स्वामित्वमा हुन्छ ! बाहुनधर्म (हिन्दूधर्म) मा शुद्रलाई जन्मजात दास (गुलाम )घोषणा गरेको छ शुद्र खरिद गरेको होस वा नहोस उनीहरु संग गुलामी नै गराउनुपर्छ किनकि विधाताले उनलाई बाहुनको दासत्वकै लागि नै निर्माण गरेको हो !!
शुद्रं तु कारयेद् दास्यं क्रीतमत्रोतमेव वा .
दास्यायैव हि सृष्टोअसौ ब्राम्हाण्स्य स्वयंभुवा ..
(मनुस्मृति ८र४१३)

अर्थात शुद्र संग अन्य सबै वर्णको व्यक्तिहरु भन्दा चर्को व्याज लिनुपर्दछ । मनुस्मृति को स्पष्ट आदेश छ कि शुद्रले शुद्र स्त्री संग मात्र विवाह गर्न सक्छ , तर बाहुनले आफ्नो वर्ण लगायत अन्य सबै वर्णको महिला संग विवाह गर्न सक्छ !
शुद्रैव भार्या शुद्रस्य सा च स्वा च विशः स्मृते.
ते च स्वा चैव राग्यश्च ताश्च स्वा चाग्रजन्मनः
(मनुस्मृति ३र१३)
शुद्रको स्पर्शले अपवित्रता (छुवाछुत)
बाहुनधर्म(हिन्दूधर्म)को कथन छ कि शुद्रको स्पर्शले पनि उच्चजातिहरु अपवित्र हुन्छन् । तसर्थ शुद्रको छायांबाट पनि टाढा रहनुपर्छ , संवर्त स्मृति अनुसार चंडाल ,पतित, मुर्दा अंत्यज, मासिक धर्म भएको स्त्री र दश दिनको सुत्केरी महिलालाई स्पर्श गर्नाले द्विज अपवित्र हुन्छ !
चांडालं पतितं स्पृस्ट्वा शवमन्त्यजमेब च .
उदक्वा सुतिकां नारीं सवासः स्नानमाचरेत्..
यति मात्रैै हैन , शुद्रलाइ हेरेर मात्रै पनि उच्च वर्णियहरु अपवित्र हुन्छ , यस्तो धर्मशास्त्रिय विधान छ. परासर स्मृतिमालामा भनिएको छ ।
चाण्डालदर्शने सद्ध आदित्यमवलोकयेत्.
अर्थात चंडाल देखेर पनि सुर्य दर्शन गर्नु अनि मात्र शुद्धि हुनेछ ,
वणिक् किरात कायस्थ मालाकार कुटुम्बिन :
वेरट मेह चाण्डाल दास श्वपच कोलका :.
ऐतेअन्त्यजा ःसमाख्याता ये चान्ये च गवाशनाः.
ऐषां संभाषणात्स्नानं दर्शनादर्कवीछणनम्ः
(व्यास स्मृति १र११,१२)

अर्थात वणिक् (बनिया) किरात ,कायस्थ ,मालि ,कुनबी ,स्यारमार ,कंजर, चांडाल ,दास ,श्वपच र कोलि यो सबै अंतज्य हो यिनिहरुसंग कुराकानी गरे पनि स्नान तथा सुर्य दर्शनले मात्र शुद्धि हुन्छ !
अहिले पनि नेपाल र भारतमा अछुत (अतिशुद्र )हरुको वस्ति छुट्टाछुट्टै हुन्छ, गाउंँ भन्दा वाहिर नै कामी टोल ,मुसहर वस्ति, चमार वस्ति हुन्छ यो पनि धार्मिक व्यवस्था नै हो जुन अहिले पनि देख्न सकिन्छ । मनुस्मृति को यो आदेश हेर्नुहोस ।
चांडालश्वपचानां तु बहिरग्रामात्प्रतिश्रयः
अपपात्राश्च कर्तव्या धनमेषां श्वगर्दभम् ..
वासांसि मृतचेलानि भिन्नभांडेषु भोजनम्.
काष्णार्यसमलंकारः परिव्रज्या च नित्यशः
न तैः समयमन्विच्छेत्पुरुषोधर्ममाचरन्..
व्यवहारो मिथस्तेषां विवाहः सदृशैः सह..
अन्नमेषां पराधिनं देयं स्याद् भिन्नभाजने.
रात्रौ न विचरेयुस्ते ग्रामेषु. नगरेषु च..
दिवा चरेयुः कार्यार्थ चिन्हिता राजशासनैः.
अबांधवं शवं चैव निरहरेयुरिति स्थितिः..
वध्यांश्च. हन्युः सततं यथाशास्त्रं नृपाग्या.
वध्यवासांसि गृहणीयुः शय्याश्चाभरणानि च..
(मनुस्मृति १०को ५१ देखि ५६ सम्म)

अर्थात चांडाल र स्वपचको निवास गाउँं भन्दा वाहिर हुनुपर्छ , उनको पात्रलाई छनु नपरोस ,कुकुर र गधा उनीहरुको धन होस , मृतकको वस्त्र नै यिनिहरुको लगाउने पहिरनÞ होस , टुटेको फुटेको वर्तनमा नै भोजन गरोस , कांसको गहना (आभुषण) लगाओस , हाट बजारमा नबसोस , काम गर्न आएर काम गरेर घरमा जाउन ,धार्मिक व्यक्तिले उनीहरुको स्पर्श नगरोस ,यिनीहरुको विवाह पनि आफ्नै जातिमा मात्र होस , यिनीहरुलाई घरमा ख्वाउनुपरेमा सेवकको हातबाट टुटेफुटेको वर्तनमा बांचेको खाना देवोस , यिनीहरु रातिको समयमा गाउँं तथा नगरमा प्रवेश नगरोस , पगिचान नखुलेको लाश (मुर्दा) उठाओस , फांँसीको सजाय पाएको मनुष्यलाइ शास्रोक्त विधि तथा राजाको आदेश अनुसार फांँसीमा झुन्ड्याओस , उक्त मृतको वस्त्र , ओछ्यान सबै उनीहरुले नै लेओस ।
शुद्रको स्पर्शले उच्च जातिय हिन्दू मात्र अपवित्र नभएर उनीहरुको देवता पनि अपवित्र हुन्छ । वृद्ध हरित स्मृति अनुसार :
प्रासाददेवहम्यार्णां चाण्डालपतितादिषु.
अंतः प्रविष्टेषु तथा शुद्धिः स्यात् केन कर्मणा..
गोभिः संक्रमणं कृत्वा गोमुत्रेणैव लेपयेत्..

अर्थात मंदिर, देवस्थान आदिको बाहिर आंगनमा पनि चंण्डाल र पतित हरुले प्रवेश गरेमा कसरि शुद्धि हुन्छ ? गाइको संक्रमणले अर्थात त्यहाँ गाइ बाँधेर पछि त्यहि गाइको गौमुत्रको लेपन गरेर शुद्धि हुन्छ !
यहां शुद्र मनुष्य भन्दा गाइ गोरुको गोबर तथा मुतलाइ वढि गरिमा दिइएको छ !!
यी त केहि उदाहरण मात्र हुन । बाहुनधर्म शास्त्रको यिनको सबै धर्म शास्त्रमा प्रायः यस्तै विधि विधान गरिएको छ , जो कुनै शुद्र बनाएकोले यो भन्दछ कि जाति विभेद र छुवाछुत धर्म शास्त्रको हिस्सा होइन , उनीहरुले या त पण्डितको प्रवचन सुनेर त्यस्ता धारणा वनाएका छन् , उनीहरुलाइ शास्त्रीय जानकारी छैन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank