जातीय विभेद गर्ने दाङका ताराप्रसाद पोखरेल एक लाख धरौटीमा छुटे

दलित अनलाईन ११ श्रावण २०८०, बिहीबार १८:४२

दाङ—  जातीय विभेद गरेको निहुँमा पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल बिहीबार एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्। 

जिल्ला अदालत दाङले ताराप्रसाद पोखरेललाई एक लाख धरौटीमा छोड्न आदेश गरेपछि तोकिएको धरौटी बुझाएर उनी छुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए। 

अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं.  ७ का २३ वर्षीय  महेन्द्र विकसहित उनका परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले जातीय विभेद गदै कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबरजस्ती घरबाट निस्कन चेतावनी दिएका थिए ।

ताराप्रसाद पोखरेलले विक परिवारको कोठाका सामान बाहिर फालिदिएका थिए।  आफूहरूमाथि जातीय विभेद गरेको भन्दै विक परिवारले जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसाद पोखरेल विरूद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले जाहेरीका आधारमा असार १६ गते  ताराप्रसाद पोखरेललाई नियन्त्रणमा लिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank