स्वर्गीय सुर्य विक पत्रकारिता पुरस्कारका लागि २ लाख अक्षकोषको घोषणा

दलित अनलाईन २ कार्तिक २०७७, आईतवार २०:४२

प्यूठान— प्यूठानमा जन्मिएर छोटो समयमा निष्ठापूर्वक पत्रकारितामार्फत समाजमा भएका विकृतिहरुको विरोधमा सशक्त कमल चलाउने स्वर्गीय सूर्य विकले समाज रुपान्तरणमा निकै महत्वपूर्ण योगदान रहेको भन्दै विकको नाममा २ लाख राशीको अक्षयकोष निर्माण गर्न घोषणा गरिएको छ ।
छोटो समयमा समाज रुपान्तरणका लागि विकले दिएको योगदानको कदर गदै दलित पत्रकार संघ प्यूठान शाखले स्वर्गीय सुर्य बिक पत्रकारिता पुरस्कारका लागि २ लाख अक्षकोषको घोषणा गरिएको हो । स्वर्गीय सुर्य बहादुर बिकको नाममा २ लाख बराबरको अक्षकोष निमार्ण गरी समुदायको लागि पत्रकारिताको माध्यमबाट सक्रिय योगदान दिने व्यक्तिलाई पुरस्कार प्रदान गरिने छ ।

२०५८ सालमा पत्रकार महासघं प्यूठानको संस्थापक सभापति हुन । सामाजिक आन्दोलन, दलित आन्दोलन, उद्योगी व्यवसायी, पत्रकार महासघं प्यूठानको कुशल नेतृत्व गरेका बिकको ४३ वर्षको उमेरमा रुपन्देहीमा कार दुर्घटनामा परी निधन भएको थियो ।
दलित पत्रकार संघ प्यूठान जिल्ला भेलालाई सम्बोधन गदै प्रमुख जिल्ला अधिकारी खीमराज भुषालले दलित समुदायको समस्यामा आफु निकै गम्भीर भएर लागेको र त्यही अनुरुप काम गरेको बताए । दलित समुदायका पक्षमा लेखिएका कानुनहरुलाई पूर्ण रुपमा लागू गराउन आफु सधै सकारत्मक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारकीले दलित समुदायलाई अपमान हुने गरी कुनै गतिविधि तत्कालै रोक्ने गरी कामकाज अगाडी बढाएको उनको दावी छ ।
राष्ट्रिय दलित पत्रकार सघं नेपालका केन्द्रिय अध्यक्ष पुर्व सासंद विनोद पहाडीले कसैसँग नकारात्मक प्रतिस्पर्दा नभई सहकार्य गरेर दलित समुदायको हक हित र अधिकारका लागि मिलेर जाने उद्देश्यले राष्ट्रिय दलित पत्रकार सघं नेपाल गठन भएको बताए । पहाडीले आम सञ्चारमा दलितको प्रतिनिधित्व गराउन, तथा समाजमा रहेको अन्धविश्वासलाई चिरेर जान कमल चलाउने स्रोतका लागि आफुले जिल्लामा शाखा विस्तार गरेको उल्लेख गरे ।

पत्रकार महासघं प्यूठानका अध्यक्ष महाबीर रानाले दलित समुदायमाथि अमानवीय ढंगबाट छुवाछुत र विभेदका घटनाहरु बढ्दै गएको भन्दै त्यसलाई हटाउन सबै एक जुठ भएर लाग्नुपर्ने बताए । रानाले राष्ट्रिय दलित पत्रकार सघं नेपाल जिल्ला शाखासँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय दलित पत्रकार सघं नेपाल जिल्ला शाखा प्यूठानको ऐतिहासीक जिल्ला भेलाले लोकेन्द्र सुनारलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । जिल्ला भेलाले १३ सदस्य रहेको जिल्ला समिति गठन गरेको हो । जिल्ला भेलाले उपाध्यक्षमा कमल बि.क सचिव बोम बहादुर परियार, कोषाध्यक्ष बिन्दु परियार, सहसचिव रबिन बिक चयन गरेको छ । यस्तै सदस्यमा कुलचन्द्र बिक, सुरेन्द्र नेपाली, सिता बिक, ज्योती बि.क, गन बहादुर बि.क पेस्तोल, प्रेम बिक, केन्द्रप्रकाश पीबिलाई चयन गरेको र एक सदस्य जिल्ला समितिले मनोनित गर्ने नव र्निबाचित अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिए । भेलाले भुवन सिहको संयोजकत्वमा सुनिल सापकोटा, शंसेर नेपाली, राम बहादुर बिकलाई सल्लाहकारमा मनोनित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank