राजदूत डा. निर्मलकुमार विश्वकर्मालाई राष्ट्रिय दलित आयोगको सम्मान

दलित अनलाईन २० फाल्गुन २०७७, बिहीबार १०:१४

काठमाडौं— राष्ट्रिय दलित आयोगले दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत डा. निर्मलकुमार विश्वकर्मालाई सम्मान गरेको छ ।
बुधबार आयोगले लामो समयदेखि दलित आन्दोलनमा सक्रिय रहेका डा. विश्वकर्मालाई सरकारले १२ देशको प्रतिनिधित्व गर्ने गरी राजदूतमा नियुक्त गरेको भन्दै कदर पत्र सहित दोसला ओढाई  आयोगले सम्मान गरेको हो ।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले डा विश्वकर्मा लामो समयदेखि दलित समुदायको हक–हितका लागि सक्रिय रुपमा लागि परेको बताए । सिंग्रो समुदायको लागि नै गर्वको विषय भएको भन्दै अध्यक्ष विश्वकर्माले दलित समुदायको अधिकारका लागि डा विश्वकर्माको योगदान  विर्सिन नहुने चर्चा गरे ।

२०५८ साल गठन भएको दलित आयोगमा संवैधानिक हैसियत पाएपछि पहिलो पटक पदाधिकारी नियुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank