सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

दलित अनलाईन २१ फाल्गुन २०७९, आईतवार ११:२४

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिनू, आठ दलीय गठबन्धन कायम राख्नु, सरकार जोगाउनू’ भन्ने निर्देशन पार्टी अध्यक्ष प्रचण्डबाट आएको बताए ।

प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बुझिएको छ । हिजो बसको माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकमा केही सांसदहरुले वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्ने मत राखेका थिए । माओवादीले आज त्यसबारेमा निर्णय गर्न पुनः संसदीय दलको बैठक बोलाएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७, एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक स्वतन्त्र सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank