उच्च जोखिम रहेको दलित बस्तीमा पहिरो जाँदा ९ जनाको मृत्यु

दलित अनलाईन ८ आश्विन २०७७, बिहीबार १४:२८

स्याङ्जा —  बिहीबार बिहान ६ बजे तमादीमा घरमाथिबाट आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ । वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन् भने, कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा १ जनाको मृत्यु भएको छ ।

उच्च जोखिम रहेको दलित बस्तीमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा ७ महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । उमा मायाकी बहिनी हुन् । उनी पाहुना आएकी थिइन । यसैगरी, मायासहित उनका ४ जना छोराहरु दीपक, कुलदीप, विक्रम र विवशको पनि मृत्यु भएको छ । विनिता कुलदीपकी श्रीमती हनुन् । पहिरोमा परी मृत्यु भएका ७ महिने शिशु उनीहरुकै हो ।

पहिरोमा परी मायाकी छोरी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । त्यसैगरी बिहीबार बिहान २ बजे कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank