प्राधिकरणका कार्यकारी अधिकृत भुसाल आजदेखि पदमुक्त

दलित अनलाईन २४ असार २०७५, आईतवार ०६:३५

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल आइतबारदेखि पदमुक्त हुने हुनुभएकाे छ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर भुसाललाई पदमुक्त भएको जानकारी गराएको थियो । भुसालले सो पत्र कार्यालय समय पछाडि आएकाले आफूले पढ्न नपाएको बताउनुभएकाे  थियाे ।

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त हुनु भएकाे  थियाे। कांग्रेस नेतृत्वको सरकारको पालामा चार महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा पाँच महिना काम गरेको बताउँदै उहाँले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताउनुभयाे। प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank