दलित भविष्यमाथिको बहस सुरु हुँदै

दलित अनलाईन ५ आश्विन २०७७, सोमबार १८:२९

काठमाडौ— समानता र सामाजिक न्यायको नारा लिएर सुरु भएको दलित अनाईन डटकम पाँच वर्ष पूरा भएर छैठौं वर्ष प्रवेश गरेको अवसरमा नेपालमा दलित भविष्य नामक बहस सोमबारबाट दलित अनलाईन डटकममा एक महिनासम्म सुरु हुँदैछ ।

दलित अनलाइन डटकमको पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको अवसरमा दलित भविष्य नामक बहस एक महिनासम्म सञ्चालन हुन लागेको हो ।

जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो । यही संविधान जारी गरेको ऐतिहासिक दिनको शुभदिन सँग हजारौ वर्षदेखि मान्छे हुन संघर्षमा हुर्किएका दलित समुदायको मुक्तिको उज्यालो र आवाजविहिनहरुको खास आवाज दलित अनलाईन डटकमको जन्म भएको हो । आफ्ना स्थापनकालदेखि नै समुदायको मुद्दामा केन्द्रित दलित अनलाइन समाचार उठाउने मात्रै काम गदैन् ,पीडित परिवारको  न्यायका लागि न्यायिक बहस पैरवी समेत गर्दै आइरहेको छ । जातका निहुँमा भएका हत्या हिंसा, बलात्कार र विभेदका श्रृंखलाविरुद्ध सशक्त कलम उठाउने दलित अनलाईनमा दलित आन्दोलनको भरपर्दो साथी हो ।  दलित अनलाईनलाई जनपक्षीय पत्रकारिताको एउटा पूर्ण मिडिया बनाउने हाम्रो प्रयत्नको यो एउटा नयाँ पहल हो ।

नयाँ संविधान र त्यस संविधानले निर्माण गरेको राज्यको चरित्र छोटो समयमा नै कस्तो रह्यो र भविष्य कस्तो हुनेछ भन्ने एउटा साङ्गोपाङ्गो चित्र छर्लङ्गै देखिन थालेको छ । भूमि व्यवस्था, परम्परागत पेशाजन्य दलितका व्यवसाय, शिक्षा, स्वास्थ्य र सार्वजनिक प्रशासनमा दलित जीवनमा कुनै अरुणोदय देखापरेको छैन । त्यति मात्र होइन, विगत चार महिनामा पहाडदेखि मधेसम्म कम्तीमा पनि डेढ दर्जन जात व्यवस्थामा आधारित हत्याहरु भैसकेका छन् । दलित समुदायको सामाजिक, आर्थिक ,राजनीतिक ,साँस्कृतिक, शैक्षिक लगायत विविध पाटोमा भित्र रहेर बौद्धिक र वैचारिक बहस गर्ने लेखकहरुको आलेखहरु प्रकाशित हुने छन् । प्रकाशित आलेखहलाई थप परिर्माजन गरी नेपालमा दलित भविष्य नामक पुस्तक समेत प्रकाशित गर्नेछौं । देश तथा विदेशबाट यो वहसमा आफ्ना आलेखहरु यो बहसमा पठाउन सकिन्छ । तपाईहरुले पठाएको आलेखहरु हाम्रो थिमसँग र बहसका लागि उपयुक्त मानिए हामी अवश्य प्रकाशित गर्नेछौं ।  त्यसैले आउनुहोस् नयाँ युगको बहस प्रारम्भ गरौं ।

लेखहरु लागि

article.dalitonline@gmail.com/ ashok.darnal7@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank