
फलोअफ : अस्पतालबाट पैसा मिनाहा
विराटनगर — अस्पताल आफैले शव घर पुरयाइदिएपछि सप्तरी महुली गाउँपालिका–६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कींको दाहसंस्कार समपन्न भएको छ ।
उपचार वापतको ११ लाख रुपैया शुल्क तिर्न नसकेको भन्दै शव लान नदिएको विराटनगर विराटनगर स्थित नोबेल अस्पतालले सोमवार राती आफनै वाहनमा शव हालेर शव जिम्मा लगाएपछि बृद्ध सनमनको आफन्तले मंगलवार दाहसँस्कार गरेका हुन ।
उपचारको क्रममा १९ भदौमा मृत्यु भएका शव विराटनगर कञ्चनवारी स्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पतालले उपचार वापतको ११ लाख रुपैया तिर्न नसकको भन्दै आफन्तलाई शव लैजान दिएको थिएन ।
नोवेल मेडिकल कलेजले दिएन् शव : दलित परिवारले मृत्यु संस्कार गर्न पाएनन् भन्ने र्शीषकमा दलित अनलाइन डटकम र राष्ट्रिय दैनिकहरुले समाचार सार्वजनिक गरेपछि दबाबमा परेको नोवेल अस्पतालले जेठा छोरा नविनलाई सोमवार राती ११ बजे फोन गरेर बुवाको शव बुझन लगाएर आफनै एम्बुलेन्समा हालेर घर पुरयाइदिएका थिए ।
पैसा तिर्न नसकेपछि अस्पतालको मर्चरीमा अलपत्र परेको शव अस्पतालले घरमै ल्याएर जिम्मा लगाइदिएपछि मंगलबार विहान आफन्तले विधि अनुसार दाहसंस्कार गरेका छन । जेठा छोरा नविनले भने , ‘ बुबाको मृत्यु भएको पाँच दिनमा बल्ल आज दाहसँस्कार गरेर काजकिरियामा बस्न पायौ । ’
उच्त रक्त्तचापले थलिएका दलित समुदायका सुकुम्बासी बृद्ध सनमान ५ चैत २०७६ मा उपचारकालागि नोवेलमा भर्ना भएका थिए । उनलाई २५ दिन आइसियुमा र ४ दिन भेन्टिलेटरमा पनि राखेर उपचार गरिएको थियो ।
तर उपचारक्रै क्रममा उनको १९ भदौ २०७७ मा मृत्यु भएको थियो । तर अस्पताल प्रशासनको ५ लाख र औषधी पसलको ६ लाख रुपैया तिर्न नसकेको भन्दै परिवारलाई शव लैजान दिएको थिएनन् । धरौटी राख्ने जायजेथा पनि केही नभएकोले शव बुझन पाएका थिएनन ।
दलित सकुम्बासी परिवारले शव दाहसंस्कार गर्न नपाएकोबारे दलित अनलाईन डटकमले समाचार प्रकाशित भएपछि नोवेल प्रशासन चौतर्फी दवावमा परेको थियो । उसले मृतक सनमानका जेठा छोरा नविन अछामीलाई मिडियामा समाचार दिएर अस्पतालको बदनाम गराएको भन्दै धम्की दिदै माफी माग्न भनेको थियो । बाबुको शव लिनक लागि छोरा नविनले आफुले अस्पतालको बदनाम नगराएको बरु पत्रकारहरुले आफुहरुको दयनिय अवस्थादेखेर समाचार बनाएको भन्दै लिखित जवाफ दिएका थिए ।
नोवेल अस्पताल प्रशासनले पैसा अभावमा कसैलाई पनि उपचारबाट बञ्चित हुन नदिन सकुम्वासी बृद्ध सनमानको पाँच महिनासम्म निरन्तर उपचार गरिदिएको र पैसा तिर्न सक्ने अवस्था नभएको बुझेपछि सबै खर्च अस्पतालले जिम्मा लिने गरी शव दाहसंस्कारका लागि जिम्मा लगाएको बताएको छ । नोवेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दहालले भन्छन्, ‘पैसा अभावमा उपचारबाट बंञ्चित गराउने र जबरजस्ती पैसा असुल्ने नोवेलेको नीति नै छैन, समस्या जानकारीमा आएपछि अध्यक्षले सबै खर्च मिनाहा गरिदिएपछि आफैले शव घरमा लगेर जिम्मा लगाइदिएका हौ ।’
Leave a Reply