![](https://dalitonline.com/wp-content/uploads/2022/02/news-photo-nepali-con-dalit-sang-.jpg)
काठमाडौँ — नेपाल दलित संघले पाँचौं राष्ट्रिय महाधिवेशनका लागि १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनबमोजिम आगामी चैत्र ७, ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशनका लागि शम्भु हजारा पासवानको संयोजकत्वमा १५१ सदस्यीय आयोजक समिति गठन भएको हो ।
नेपाल दलित संघले पाँचौं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने भएको छ । आयोजक समितिमा केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू र सल्लाहकार समितिसमेत सम्मिलित आयोजक समिति गठन गरेको महासचिव दीपक सोनीले जानकारी दिए । राष्ट्रिय महाधिवेशन सफल बनाउन विभिन्न १३ वटा विषयगत समितिहरू समेत गठन गरेको सोनीले बताए ।
संघले राष्ट्रिय महाधिवेशनअघि सात वटै प्रदेशको अधिवेशन समेत सम्पन्न गर्ने निर्णय गरेको छ । संघले फागुन २७ र २८ गते सातै प्रदेशको अधिवेशन गर्ने मिति तोकेको हो ।
Leave a Reply