ढोरपाटन बाढीपहिरो : चार जना दलितको मृत्यु

दलित अनलाईन १९ भाद्र २०७७, शुक्रबार ११:१७

बागलुङ — बुधबार राति बागलुङ ढोरपाटनमा गएको पहिरोले ज्यान गुमाएका मध्ये चार जनाको पहिचान खुलेको छ । ढोरपाटन नगरपालिका–९ मा खसेको पहिरोमा १४ जनाको शव फेला परेको थियो । ४१ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा २६ वर्षकी केशमाया विक, ४५ वर्षको बिरे विक, २२ वर्षका जीवन विक र ११ वर्षीय डल्ले विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सबै शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ । पोस्टमार्टमपछि आफन्तलाई बुझाइने उनले जानकारी दिए ।
शुक्रबार बिहान ८ बजेदेखि प्रहरी र सेनाको टोलीले फेरि उद्धारकार्य सुरु गरेको छ । बिहीबार खोजी गर्दा खोलाले बगाएर १० किमी तलसम्म पुगेको अवस्थामा शव भेटिएका थिए । ढोरपाटनको देउरालीदेखि खसेको पहिरो र बाढीले तीनवटा बस्तीका ४० घर बगाएको छ । विस्थापितलाई खानेबस्ने समस्या भएपछि बिहीबारै केही संस्थाले खाद्यान्न र लत्ताकपडा सहयोग गर्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी बागलुङ, राधामाधव समिति, गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा, नगरप्रमुख देवकुमार नेपाली, कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरलगायत नेताहरूसमेत पुगेर सामग्री वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank