आक्रामक बन्दै आरक्षण बचाउँ आन्दोलन,काठमाडौका १७ गल्लीबाट निस्कियो मसाल जुलुस

दलित अनलाईन २९ असार २०७६, आईतवार २३:५४

प्रहरी हस्तक्षेपबा शोभा सेन्चुरीको हात भाँचियाे

काठमाडौ– लोक सेवा आयोगबाट जारी भएको विज्ञापन रद्द हुनुपर्ने माग सहित सुरु भएको आन्दोलन आक्रामक बन्दै गएको छ । समावेशी तथा समानुपातिक सिद्धान्त विपरित गएर स्थानीय तहको कर्मचारी भर्नाको लागि लोक सेवा आयोगले विज्ञापन जारी गरेपछि विज्ञापन रद्द गर्न सुरु भएको आन्दोलनले सडकबाटै आफुहरुको अधिकार सुनिश्चित गर्न आन्दोलन झनै चर्काउने गरी आक्रामक शैलीका आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आइतबारबाट देशका विभिन्न भागमा एकसाथ मसाल जुलुसबाट सडक संघर्षमा जुटेका छन् ।
शानिबारबाटै आन्दोलनलाई प्रचारप्रसार गर्दै गर्दा प्रहरी धरपकड सुरु भएको उनीहरुको आन्दोलनलाई सरकारले दबाउने गरी आइतबारको सन्ध्याकालीन मसाल जुलुसमा समेत तोकिएका ठाउँहरुमा प्रहरीले कब्जा जामाएको थियो । तर हजारौं संख्यामा आएका आरक्षण बचाउँ अभियानकर्ताहरुले राजधानीको १७ गल्लीबाट विशाल मसाल जुलुस गरी कोणसभामा पुगेर सरकारले चर्को मुल्य चुकाउने पर्ने उनीहरुले चेतावनी दिए ।
आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित मसाल जुलुस निकालेका थिए ।
‘आरक्षण बचाऔं आन्दोलन’ले घोषणा गरेको नेपाल बन्दसहितको आन्दोलन अनुरुप आइतबार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा एकसाथ आक्रामक रुपमा मसाल जुलुस निकालेका छन् । काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा मसाल जुलुस आइपुगेको थियो ।


मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले पटक–पटक मसाल जुलुस रोक्ने प्रयास गरेपछि प्रहरी प्रदर्शनकारीबीच झडप समेत भएको छ ।प्रहरीको झडपबाट शोभा सेन्चुरीको हात भाचिएको छ । सेन्चुरीको ट्रमा सेन्टरमा उपचार गरिएको छ भने टेक विश्वकर्मा पनि घाइते भएका छन् ।    प्रहरीले दलित अधिकारकर्मी चन्द्रेश्वर दासलाई पक्राउ गरेको थियो । अहिले दासलाई रिहा गरिसकेको छ ।
शान्तिवाटिकामा आयोजित जुलुस समापन सभामा महासंघका अध्यक्ष जगत बरामले विज्ञापन फिर्ता नगरे सरकारले ठूलो मुल्य चुकाउनुपर्ने बताए । बरामले आन्दोलनमाथि सरकारले दमन गर्ने प्रयास गरे झडप मात्रै नभएर विस्फोट हुने चेतावनी दिए । ‘असार ३१ गते माइतीघरमा विशाल जनप्रंदर्शन गर्दैछौ,’ बरामले भने, ‘आन्दोलनमाथि प्रहरीले दमन गरे झगडा मात्रै होइन विस्फोट हुन्छ ।’
नेवा समुदायको तर्फबाट श्रीकृष्ण महर्जनले आरक्षणको आन्दोलनमा नेवा समुदायको पूर्ण रुपमा ऐक्यवद्धता रहेको बताए । ‘नेवा समुदायको यो आन्दोलदनमा पूर्ण रुपमा ऐक्यवद्धता छ, हामी हजारौ मान्छे उतार्छौ,’ उनले भने, ‘हामी यो आन्दोलनलाई टुंगोमा पुर्याएरै छाड्छौ ।’
दलित समुदायको तर्फबाट बोल्दै डा.बुद्धी नेपालीले आफूहरुको आन्दोलन संघीयता र समानुपातिक समावेशी पक्षधरको आन्दोलन भएको बताए । उनले दुई तिहाईको कम्युनिष्ट सरकारले देश चलाएको छ कि कर्मचारीले ? भन्दै प्रश्न गरे । नेपालीले आयोगको विज्ञापन सच्याउन समेत आग्रह गरे । ‘जबरजस्ती अघि बढ्न खोज्यौ भने परिस्थिति भयानक हुन्छ,’ नेपालीले चेतावनी दिए ।
मधेसीको तर्फबाट विकास ठाकुरले आइतबारको मसाल जुलुस आन्दोलनको कास्टिङ मात्रै भएको बताए । आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित समुदायलाई वर्तमान सरकारले मुल धारमा आउनबाट रोक्ने प्रयास गरेको बताए । उनले भने, ‘तर अब हामी दास बन्ने छैनौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank