दलितले हेडमास्टर भएर जमाउने भन्दै महोत्तरीमा कुटिए पूर्वप्रधानाध्यापक नेत्र बहादुर रम्तेल

दलित अनलाईन १४ फाल्गुन २०७७, शुक्रबार १२:१२

महोत्तरी — महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं हालका शिक्षक नेत्र बहादुर रम्तेलमाथि विद्यालयमै आक्रमण भएको छ ।

स्थानीय मनिष अर्यालले विद्यालयमै प्रवेश गरेर शिक्षक रम्तेललाई दुव्र्यहार गर्दै उनीमाथि कुटपीट गरेका हुन । शिक्षक कुट्ने आरोपी अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबास डीएसपी बीरेन्द्र थापाले जानकारी दिएका छन् ।

दलितको छोरो हेडमास्टर बनेर जमाएको भन्दै आफुमाथि उनले ढुङ्गा प्रहार गरेको पीडित शिक्षक रम्तेलले बताएका छन् । ‘तँ मुला दलितले हेडमास्टर भएर जमाउने ? जातिय दुव्र्यवहार गरेका थिए,’पीडित शिक्षकले भने,‘किन यस्तो भनेको प्रश्न गरेपछि उनले विद्यालयमै आक्रमण ग¥यो ।’ शिक्षक रम्तेलमाथि टाउकोमा मुक्का प्रहार गर्दै शरिरमा लगाएको गन्धी, सर्ट र कोर्ट च्याति दिएका छन् । शिक्षकमाथि भइरहेको आक्रमण रोक्न खोज्दा आरोपीले फेरी ढुङ्गा प्रहार गरेका थिए ।

अराजक गतिविधीमा सक्रिय रहेका आरोपी अर्यालले यस अघि होटल व्यवसायीमाथि आक्रमण गरेका थिए । स्थानीयले विद्यालयबाटै आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । बाटोमा प्रहरीलाई झुक्याएर उनी आउँछु भन्दै भागेका थिए । त्यसपछि आरोपीलाई पक्राउ गरि काडा कारवाही गर्नु पर्ने माग गर्दै गाउँलेहरु इलाका प्रहरी कार्यालयमा पुगेका थिए ।

‘अराजक ब्यक्तिले गुण्डागर्दी शैलीमा हाम्रा शिक्षकमाथि अभद्र व्यवहारका सथै हातपात भएको घटनाले हामी दुःखी भएका छौं,’संगठनका महासचिव राजवीर महतोले भने,‘ दोषीलाई कानुनी रुपमा हदैसम्मको कारवाह गर्न हामी प्रशासन समक्ष आग्रह गर्दछौ । दोषिमाथि कारवाही नभए जस्तोसुकै आन्दोलनमा उत्रिन बाध्य हुन्छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank