धनुषामा दलित बालिकाको सामुहिक बलात्कारपछि हत्या

दलित अनलाईन १८ भाद्र २०७७, बिहीबार १४:४६

काठमाडौं— धनुषाको धनौजी गाउँपालिका— १ लखौरीकी एक दलित बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको छ ।
विहिबार विहान घरमा रहेकी छोरी वरपर नदेखिएपछि खोज्दै जादाँ १७ वर्षीय अमिरका कुमारी दासको बलात्कारपाछि हत्या गरी रेल्वे ट्रयाक नजिकैको खाल्डोमा जमेको पानीमा फालिएको अवस्थामा भेटिएको थियो ।
धनौजी गाउँपालिका— १ लखौरी लक्ष्मी दासकी छोरी बलात्कारपछि हत्या गरिएको स्थानीयहरुले आशंका गरेका छन् ।
बालिकाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । स्थानीयहरुले बालिका शव रेल्वे ट्रयाक नजिकैको खाल्डोमा जमेको पानी मृतक अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय र धनुषाबाट प्रहरी उपरीक्षकको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर घट्ना सम्बन्धी प्रारम्भिक अनुसन्धा  भइरहेको धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र कुमार मिश्र बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank