रौतहटमा दलित महिलाको हत्या

दलित अनलाईन १५ भाद्र २०७७, सोमबार ००:२०

काठमाडौं — दलित समुदायमाथिका हत्याका श्रंखृला निकै डर लाग्दो रुपले अघि बढेको छ । प्रदेश २ मा एकपछि अर्को गदै दलित समुदायमाथिका घटनाहरु श्रंखृलाबद्ध रुपमा घटना गदै गएको हो । रौतहटम प्रहरी हिरासतमा प्रहरीको कुटाईबाट मृत्यु भएको विजय रामको प्रहरीले  आफुलाई चरम रुपले यातना दिइको  भिडियो बाहिरिएको छ भने , रौतहटको गढिमाई नगरपालिकामा फेरी दलित महिला हत्या भएको छ । रौतहटको गढिमाई नगरपालिका वडा नं .३ मा घाँटीमा पछ्यौरी बेरिएको अवस्थामा उखु बारीमा लक्ष्मीपुर बस्ने ४० वर्षीय देवी बैठाको हत्या गरी फालिएको शव भेटिएको हो ।
आइतबार विहान करिब ११ बजे घाँस लिन घरबाट निस्केका देवी बैठा एकान्त स्थानमा रहेको उखु बारीमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो ।
उनको शव एक स्थानीयले देखेपछि गाउँले र प्रहरीलाई घटनाको जानकारी गराएका थिए । अहिले ईलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ ।
स्थानीय दलित अधिकारकर्मीहरुले उनको बलात्कारपछि हत्या गरिएको अनुमान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank