राजदूत पदम सुन्दासद्वारा सदा परिवारलाई सहयोग

दलित अनलाईन १० भाद्र २०७७, बुधबार २०:०५

काठमाडौं— गत असार ९ गते प्रोदेशिक अञ्चल अस्पतालको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका धनुषा, हंसपुरका राजु सदाको परिवारलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले ५० हजार रुपैंयाँ नगद सहयोग गरेका छन् ।
राजदूत सुन्दासको तर्फबाट प्रदेश प्रमुख तिलक परियारका प्रमुख स्वकीय सचिव पदम विश्वकर्माले आज भदौ १० गते हंसपुर नगरपालिकाको कार्यालयमा पुगेर मृतक राजु सदाका बुवा अशेश्वर सदा र आमा निलम सदालाई नगद रु. ५० हजार नगद रकम हस्तान्तरण गरे ।
नगरपालिकाको कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा नगर प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणुकुमारी झा, प्रदेश प्रमुखका स्वकीय अधिकृत अनिल पासवान, हंसपुर नगरपालिकाको ७ नम्बर वडा अध्यक्ष रामसेवक मण्डल, २ नम्बर वडा अध्यक्ष उदय साह, तथा नगर कार्यपालिका सदस्यहरुको उपस्थितिमा सदा परिवारलाई सो रकम हस्तान्तरण गरिएको थियो ।
कोरोना महामारीको कारण लकडाउन हुँदा तराई मधेशका दलित समुदायका परिवारलाई गहिरो गरि असर परेको छ । अभाव, उत्पीडनमाथि गरिने छुवाछूत विभेदका कारण यो समुदायका व्यक्ति तथा परिवारहरुलाई परेको गहिरो पीडामा अलिकति मात्रै भए पनि मल्हम लगाउने उद्देश्यले आफ्नो पारिश्रमिकको केही अंश सदा परिवारलाई पठाएकोे राजदूत पदम सुन्दास सुन्दासले बताए ।
नेपालको दलित आन्दोलनका लोकप्रिय नेता पदम सृुन्दास गत तीन वर्ष अगाडि बहराईनका लागि नेपाली राजदूत नियुक्त भएको थियो । नेपालको दलित आन्दोलनमा कला, साहित्य तथा प्राज्ञिक क्षेत्रबाट उनको निरन्तर योगदान रहँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank