जनयुद्धको सबैभन्दा संवेदनशील मोडमा अविभावक मानेर म पद्यरत्नजीको घर गएको छुु : प्रचण्ड

दलित अनलाईन १५ भाद्र २०७५, शुक्रबार २२:३९

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनयुद्धको संघीन मोडमा अविभाव मानेर आफू वामपन्थी नेता पद्मरत्न तुलाधरको घर पुगेको बताएका छन् ।
शुक्रबार राजधानीको प्रशदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित शान्तिप्रक्रियामा पद्मरत्नको भूमिका विषयक गोष्ठीमा प्रचण्डले भन्नुभयो, ‘जनयुद्ध शुरु गरेको दुईवर्ष जति भएको थियो । देश तथा विदेशमा त्यसको प्रभाव देखिन थालेको थियो । देशमा ‘किलो सेरा टु’ अपरेशन जारी थियो जहाँ भेटायो त्यही मार्ने अवस्था थियो । युद्ध त शुरु गरियो यो पुरा गर्न सकिएला कि नसकिएला । बडो संवेदनशील समय थियो । पद्मरत्न जीलार्ई अविभावक मानेर सुझाव र सल्लाहका लागि म उहाँको घर पुगें ।’
प्रचण्डले भन्नुभयो, ‘ तर उहाँप्रति विश्वास कसरी गर्ने भन्दा एक त उहाँ लामो समयदेखि निरंकुष्ता र परिवर्तनविरोधी र अर्को न्याय र समानताको आन्दोलनको अगुवा भएकाले उहाँ प्रति मेरो विश्वास थियो ।
पद्मरत्नजी हाम्रो आन्दोलन र समग्रमा परिवर्तनका लागि गरिन आन्दोलनमा सधै अतुलनीय सहयोग र महत्वपूर्ण भूमिका रह्यो । उहाँ पछि सशस्त्र आन्दोलनको पक्षमा हुनुहुन्थ्यो तर प्रचण्ड सधै आम मानिसको मुक्ति र अधिकारका लागि लड्योस भन्ने चाहानुहुन्थ्यो ।
‘उहाँ अहिले हामीसँग त्यति धेरै खुशी हुनुहुन्न । किनकि प्रचण्डले गर्न सक्थे तर सम्झौतामा आफ्ना एजेण्डा छोड्छन् कि भनेर,’ प्रचण्डले भन्नुभयो, ‘उहाँ संविधान निर्माणमा प्रचण्ड बाहिरै बसेर सहयोग गरोस् र महिला, दलित, आदीवासी, मधेसी, थारु, मुस्लिम र अल्पसंख्यकका अधिकारका लागि आवाज उठाइरहोस् भन्ने चाहानु हुन्थ्यो तर म संविधान निर्माण पुरा लागें र संविधान जारी भयो र कार्यान्वयनको अभिन्तम चरणमा छ ।’

उहाँमा मप्रति पुरा विश्वास थियो नेपालमा अधिकार र न्यायको लागि लड्ने र गर्न सक्ने भनेको प्रचण्डले हो भन्ने तर हामी भने प्राप्त उपलब्धीलाई संस्थागत गर्दै र थप अधिकारका लागि शान्तिपूर्ण आन्दोलन जारी राख्ने उद्देश्यका साथ संसदीय बाटोमा छौं ।
प्राप्त उपलब्धीलाई रक्षा गर्दै समाजवादको बाटोमा आगाडि बढ्दै समाजवादसम्म पुग्ने हाम्रो लक्ष्य छ । शान्ति प्रक्रिया आइसकेपछि पनि तुलाधरको भूमिका महत्वपूर्ण रहको प्रचण्डले स्मरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank