सरकारसँग दलितमाथि सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाहीको माग

दलित अनलाईन २४ श्रावण २०७७, शनिबार २१:४६

काठमाडैं– मध्यरातमा मोरङको बुढींगंगा गाउँपालिका २ मुसहरी वस्तीमा आक्रमण गर्नेहरु र सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका-१० राम समुदाय माथि भएको सांघातिक आक्रमण गर्नेहरुलाई कानूनबमोजिम हदैसम्मको कारवाही गर्न नेशनल दलित लयर्स फोरमले सरकारसँग माग गरेको छ ।
नेशनल दलित लयर्स फोरमको तर्फबाट अधिव्यक्ता सुन्दर सेनीले जारी गरेको प्रेस विज्ञप्तीले सांघातिक आक्रमण गर्नेहरुलाई गर्न गराउ तथा घाइतेहरुको निशुल्क उपचार र क्षतिपूर्ति र मृतक परिवारलाई उचित क्षतिपूर्ति समेत दिलाउन र यस्ता घटनाहरु नदोहरिनको लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जिल्ला सरकारी वकिलको कार्यालयलाई कानूनबमोजिम हदैसम्मको कारवाही गर्न आग्रह गरेको हो ।
विज्ञप्तीमा भिनिएको छ : पछिल्लो दिनहरुमा दलित समुदायमाथि भइरहेको शृंखलाबद्ध हत्या, जातीय भेदभाव तथा छुवाछुतजन्य कसुर तथा कुटपिटको घटना प्रति नेशनल दलित लयर्स फोरमले सरकारले दलित समुदायको पक्षमा बनेका ऐन कानुनहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्न समेत अपिल गरेका छ ।

विज्ञप्तीको पूर्ण पाठ

मोरंग जिल्ला बुढीगंगा गाउँपालिका–२ को मुसहरी टोलमा मुसहरहरु र सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका(१० राम समुदाय माथि भएको सांघातिक आक्रमण तथा पछिल्लो दिनहरुमा दलित समुदाय माथि भइरहेको शृंखलाबद्ध हत्या, जातीय भेदभाव तथा छुवाछुतजन्य कसुर तथा कुटपिटको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
२०७७ श्रावण १९ मोरंग जिल्ला बुढीगंगा गाउँपालिका–२ को मुसहरी टोलमा बैजनाथ यादवले आफ्नो धाराको पानी निकास गर्न घर अगाडिको सडकमा खनेको खाल्डोमा दुलारी ऋषिदेव ९मुसहर० लडेर घाइते भएकोले सामान्य बिबाद भए पछी बैजनाथकी बुहारी पवन यादवसहितले दुलारीलाई धानबारीमा लछारपछार गरेर कुटपिट गरेको । समाजको बैठकमा सडकमा खनेको खाल्डो पुर्ने र आइन्दा विवाद नगर्ने सहमति भयो । तर, दलित मुसहरहरूले आफूलाई हेपेको भन्दै बैजनाथ यादवले ज्वाइँ चलमली यादव र सिन्धु यादवको सहयोगमा त्यही दिन राति विराटनगरको जतुवाबाट रिक्सा र मोटरसाइकलमा हातहतियारसहितका उच्च शृंखल मान्छेहरु (गुण्डा) बोलाई मुसहर बस्तीका मान्छेहरुलाई मार्न लागाएको र ती गुण्डाहरुले मुसहरहरु माथि गरेको सांघातिक आक्रमणको घोरभर्त्सना गर्दछु ।
ती गुण्डाहरुको आक्रमणबाट सरस्वती ऋषिदेव, पन्नालाल ऋषिदेव, रामजी ऋषिदेव, चुन्नु ऋषिदेव, श्याम ऋषिदेव घम्भिर घाइते भइ बिराट मेडिकल टिचिङ अस्पतालमा भर्ना छन भने हातहतियारसहित मध्यरातमा घरमै आएका गुन्डाहरूबाट आमासहित परिवारका सदस्यमाथि मरणासन्न हुने गरी भएको आक्रमणको प्रत्यक्षदर्शी २४ वर्षीया उर्मिला ऋषिदेव त्रसित थिइन् । परिवारका सदस्य अस्पतालमा उपचार गराइरहँदा प्रहरीले आक्रमणकारीलाई छाडेपछि उनी थप त्रसित भइन् । र, डरैडरमा बिहीबार दिउँसो घरभित्रै पासो लगाएर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ ।
गाउमा आक्रमण गरे पछी स्थानीयहरु तत्काल घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय निमुवामा पीडितहरुले जानकारी गराए तर निमुवा प्रहरीले वास्तानै गरेंन, पछी पीडितहरुले लिखित निबेदन दिए । निबेदन दिए पछी प्रहरीले मिलापत्र गरेर पठाई दियो स्थानीय बासिहरुले त्यसको बिरोध गरे पछी इप्रकाले जिल्ला प्रहरी कार्यालय मोरंगमा पठायो । तर मोरंग प्रहरीले मुद्दानै दर्ता गरेन उल्टै वडा निमित्त वडा अध्यक्ष मोहिचन यादवको रोहबरमा पीडकहरुलाई छोडी दियो ।
स्थानीय दलित अधिकार कर्मी, मानव अधिकार कर्मीहरु व्यापक बिरोध गरे पछी जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उधोगमा मुद्दा दर्ता गरी ६ जनालाई पक्राउ गरेको छ अन्य फरार छन । उर्मिलालाई आत्म हत्या गर्न दृत्सहन गर्नेहरु उपर दुर्त्सहानको मुद्दा चलाइएको छैन ।
यसरी मुसहरी टोलमा स्थानीय बैजनाथ यादवले उक्त टोलका मुसहरहरुको सुनयोजित तरिकाले ज्यान मार्ने नियतले त्यहाका मुसहर समुदायका मान्छेहरुको जीवनको पवित्रतालाई हरण गर्नको लागि अन्य ठाउँबाट उच्च शृंखल व्यक्ति ९गुण्डा०हरुलाई बोलाएर मुसहर समुदायका महिला पुरुषहरु माथि तरवार, भाला, फर्सा लिएर सांघातिक आक्रमण गरी ज्यान मार्ने उधोग गरेको छ । साथै उर्मिला ऋषिदेवलाई आत्म हत्या गर्न दृत्साहन गरेको कारण उनको जीवनको हरण भएको छ ।
त्यसै गरी मिति २०७७र०४र २३ गते जिल्ला सप्तरी बोदेबर्साइन नगरपालिका १०, अश्लील रुपमा जातीय शब्दको प्रयोग गरेर गालीगलौज गरेपछि भएको विवादमा अमरैयाँमा ५ जना दलितहरुमाथि रन्जन यादव, शिवकुमार यादव, जितेन यादव, जितन यादव, चन्दन यादव, दलुवा यादव लगायतका व्यक्तिहरुले संघातिक आक्रमण गरेका छन । आक्रमणबाट सरोज राम, रामदुलार राम, रामानन्द राम, जितेन राम, सुन्दर राम लगायतका घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि राजविराजको युनिक अस्पताल लगिएको छ ।
तसर्थ मोरंगको घटना र सप्तरी घटनाको अनुसन्धान गरी घटनामा संलगन आरोपितहरुलाई पक्राउ गरी कानूनबमोजिम हदै सम्मको कारवाही गर्न गराउ तथा घाइतेहरुको निशुल्क उपचार र क्षतिपूर्ति र मृतक परिवारलाई उचित क्षतिपूर्ति समेत दिलाउन र यस्ता घटनाहरु नदोहरिनको लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल सरकार, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जिल्ला सरकारी वकिलको कार्यालयलाई सादर अनुरोध गर्दछौ ।

सुन्दर सेनी 

अधिव्यक्ता

नेशनल दलित लयर्स फोरम तर्फबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank