प्रेस युनियनको समावेशी सचिवमा टिकाराम सुनारको उम्मेदवारी घोषणा

दलित अनलाईन २९ असार २०७९, बुधबार २१:४८

काठमाडौं —  लोकतन्त्रवादी पत्रकार संगठन नेपाल प्रेस युनियनको ९ ओैँ महाधिवेशन पत्रकार टिकाराम सुनारले समावेशी सचिव पदमा आज ओैपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

रेडियो नेपाल प्रेस युनियन शाखाले बुधबार आयोजना गरेको कार्यक्रममा सुनारले उम्मेदवारी घोषणा गरेका हुन् । त्यसअवसरमा सचिव(समावेशी) का उम्मेदवार सुनारले असअघि अनौपचारिक रुपमा उम्मेदवारी घोषणा गरे पनि बुधबार आफ्नै कर्मथलो रेडियो नेपालको सभाहलमा अग्रज तथा सहकर्मीको बीचमा  ओैपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए ।

उनले आफूले ३ कार्यकाल प्रेस युनियन कैलाली शाखाको जिल्ला समितिमा रहेर काम गरेको, दलित समुदायका पत्रकारहरुको संगठन राष्ट्रिय दलित पत्रकार संघको संस्थापकका रुपमा तदर्थ समितिको उपाध्यक्ष र क्रियाशील दलित पत्रकार संघको केन्द्रीय समितिको उपाध्यक्ष भएर काम गरिसकेकोले सचिव समावेशी क्लष्टरमा आफ्नो दावी स्वभाविक भएको बताए । यसका अतिरिक्त देशका ७७ वटै जिल्लामा रहेका रेडियो नेपालका सञ्चारकर्मी एवं पत्रकारको उपस्थितिले आफ्नो उम्मेदवारीलाई थप बलियो र जितका लागि सहज बनाउने विश्वास व्यक्त गरे ।
सुनारले अहिले आफूसँगै सचिवमा दावेदारी गर्नेहरुको संख्या बढेकोमा खुशी लागेको र अन्तमा सहमतिमै सचिव तथा सदस्यहरुमा सर्वसम्मत उम्मेदवारको प्रयास हुने समेत बताए ।

हिजो साथीहरुलाई संगठित हुनुपर्छ भन्ने पात्रहरुमध्ये म पनि एक हो, प्रेस युनियनको पदाधिकारीका रुपमा मैले काम अवसर पाएमा साथीहरूलाई संगठित गर्ने मात्रै होइन, उहाँहरुलाई युनियनमा आकर्षित गर्न पनि मैले भूमिका खेल्छु, सुनारले भने,यसका लागि म नै उपयुक्त पात्र हो भन्ने कुरा आम साथीहरुले पनि बुझ्नुभएको छ, मेरो नाममा सहमितका लागि समेत सहज हुने देख्छु।

सुनारले नेपाल प्रेस युनियनलाई सबै अट्ने समावेशी बनाउने, अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व, प्रशिक्षित युनियनकर्मी, ट्रेड युनियन अधिकारको पैरवी गर्दै श्रमजीवी पत्रकारको हकहित रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा काम गर्न र मूलतः प्रेस युनियनमा दलित तथा सिमान्तकृत वर्गको आकर्षण वृद्धिका लागि कटिबद्ध हुने मुद्दासहित आफू उम्मेद्वार बनेको पनि जानकारी दिए ।
ूपत्रकारिता र पत्रकार संगठनमा समावेशिताको मुद्दा केवल उपस्थितिका लागि मात्रै होइन, प्रतिनिधित्वको सवाल केवल सहभागिताका लागि मात्रै होइन, त्यसैले अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वका लागि पनि अब बन्ने समितिमा म उपयुक्त पात्र होू सुनारको भनाई छ ।

सुनारले आमसञ्चार तथा पत्रकारिता विषयमा त्रिभुवन विश्विवद्यालयबाट स्नातकोत्तर गरेका छन् भने यसअघि कैलालीमा दिनेश एफ।एम, रेडियो सुदूर सन्देश, हेडलाईट पाक्षिक हुँदै राष्ट्रिय समाचार समितिको जिल्ला संवाददाता, प्रेस काउन्सिल नेपालको अनुगमनकर्ता र पत्रपत्रिका संपरीक्षण विज्ञको रुपमा काम गरिसकेका छन् ।

विगत पाँच वर्षदेखि रेडियो नेपालको समाचारवाचकका रुपमा काम गरिरहेका सुनार हाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको प्रेस संयोजकका रुपमा जिम्मेवारी निर्वाह गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank