प्रधानमन्त्री ओलीको प्रश्न : लोकतन्त्र जान्छ रे, अनि आउँछ के ?

दलित अनलाईन १५ असार २०७५, शुक्रबार ११:०२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र गरिबी भन्ने कुरा नेपालमा दन्त्य कथा बन्ने बताउनुभएको छ ।

प्रधानमन्त्री, राष्ट्रपति उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगलगायतमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उहाँले सरकारले गरिबीको अन्त्य गरेरै छाड्ने बताउनुभएको हो । नयाँ जनादेश अनुसार जनताका आकांक्षा पूरा गर्नका लागि नयाँ ढंगले काम गर्न सरकारले विभिन्न निकायलाई त्यसै अनुसार व्यवस्थित गरेकाले केही समयभित्र त्यसको प्रभाव देखिने उहाँले बताउनुभयो । उहाँले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि विभिन्न विभागहरुलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

सरकार नयाँ बाटो हिँड्न लागेकाले केहीलाई अनौठो लाग्नु स्वभाविक भएको भन्दै उहाँले भन्नुभयो, ‘नयाँ अभ्यासमा देश जाँदा, नयाँ संरचना गर्दा, नयाँ ढंगले मुलुकलाई ड्राइभ गर्नुपर्छ, त्यतै तिर जान लाग्या हो ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केटाकेटीलाई हाउगुजी देखाएजस्तो गरी लोकतन्त्र जान्छ भनेर जनतामा भ्रम र आशंका फैलाउने काम गरेको भन्दै उहाँले त्यस किसिमको भ्रमात्मक प्रचार उपयुक्त नभएको प्रतिक्रिया दिनुभयो । उहाँले अधिनायकवाद आउँछ र लोकतन्त्र जान्छ भन्ने विषयलाई कांग्रेसले ‘चाहिँनेकेरे’ र ‘माने’ भन्ने जस्तो थेगो को विषय बनाएर भ्रम र आंशका फैलाउने काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘२०३६ सालको जनमत संग्रहताका केटाकेटी रोए भने चुप लाग चुप लाग जनमतसंग्रह भाँडिन्छ, भन्थे ।’

प्रधानमन्त्रीले लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले आर्जेको नभई आफूहरुको ठूलो मेहनत रहेकाले सरकार लोकतन्त्रप्रति प्रद्धिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र जान्छ कहाँ रु लोकतन्त्र जान्छ भने आउँछ के रु कहाँ बाटरु जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले पन्छाउन सक्छ रु’

उहाँले सरकारले ठिक बाटो लिएको भन्दै प्रतिपक्षी दललाई आश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले योजना आयोगका काम प्रभावकारी नदेखिएर प्रभावकारी देखाउन पुनर्गठन गरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले समय तोकेर काम नगर्ने ठेकेदारले बढी समय लगाएबापत हर्जनासम्म तिर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार बढ्दै गएको भन्ने सांसदहरुको अभिव्यक्तिलाई उहाँले ‘टङ स्लिप’ को संज्ञा दिँदै सरकार भ्रष्टाचार निर्मूल गर्न प्रतिवद्ध रहेको जनाउनुभयो ।

उहाँले आन्तरिक स्रोत र आन्तरिक पूँजीको परिचालनमा जोड दिएको भए पनि ठूला आयोजनामा वैदेशिक सहायता र लगानी अत्यावश्यक रहेको बताउनुभयो ।
संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने सबै कानुन असोज ३ भित्र ल्याइसक्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।

नेपाल र भारतको संयुक्त टिमले डुबान क्षेत्रहरुमा डुबान खोल्न संयुक्त सर्वे गरिरहेको भन्दै उहाँले तराईको बाढी नियन्त्रण, भूकम्प पीडीतको उद्धार र बसोबास लगायत विषयमा सरकार संवेदनशील रहेको स्पष्ट पार्नुभयो ।

अधिकारको प्रयोग विधि पूर्वक र कानुनसम्मत गर्नुपर्ने भन्दै निषेधित क्षेत्र भनेको वाक स्वतन्त्र रोक्नका लागि नभएको स्पष्ट पार्नुभयो । विरोध प्रर्दशनका लागि बाहिर पनि निश्चित स्थान तोकिने गरेको दृष्टान्त दिँदै उहाँले भन्दै उहाँले तानाशाही ढाल्नका लागि त दरबारभित्र पसेर पनि कब्जा गर्न सकिने तर लोकतन्त्रमा सबै बाटा खुल्ला भएकाले त्यसो गर्न नपर्ने बताउनुभयो । ‘वाक स्वतन्त्रतामा किन्चित लगाम लाग्दैन । स्वतन्त्रताका हकहरुमा नियन्त्रण हुँदैन तर तीनमा थीति हुनुपर्छ ।’

उहाँले अत्यावश्यक क्षेत्रमा भएको विरोधलाई टुलुटुलु हरेर लाचार छाँया भएर सरकार बस्न नसक्ने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारे केही महत्वपूर्ण क्षेत्रमा जनता भेला हुन नपाउने भन्दै निषेधित क्षेत्र तोकिएको बारे जिज्ञासा राख्नुभएको थियो ।

पूर्ववर्ति सरकारका निर्णय कार्यान्वयनका सम्बन्धमा भने प्रधानमन्त्री ओलीले अखबारमा मात्रै ल्याएर चुनावी प्रचार गरेकाले चुनाबी प्रचारका काम सरकारले कार्यान्वय नगर्ने स्पष्ट पार्नुभयो । उहाँले महिला हिंसाप्रति सचेत र गम्भीर रहेको भन्दै महिला हिंसा प्रति शून्य सहनशीलता राख्ने स्पष्ट पार्नुभयो ।

सांसदहरुले पूर्ववर्ती सरकारले गरेको निर्णयको निरन्तरता, भूकम्प प्रभावितलाई दिने भनिएको राहत, बाढी नियन्त्रण, तथा विभिन्न विभागहरुलाई प्रधानमन्त्री मातहत ल्याइएको विषयमा जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank