जातीय विभेदविरुद्ध किर्तिपुरमा पर्फमेन्स आर्ट [तस्बिरहरु]

दलित अनलाईन २१ श्रावण २०७७, बुधबार २२:२१

काठमाडौं– रुकुम पश्चित सोती हत्याकण्डा र जातीय आधारमा भएका हत्या हिंसाविरुद्ध किर्तिपुरका युवाविद्यार्थीहरुले सुरु गरेको आन्दोलन जारी छ ।
राजनीति नेतादेखि सबै तह–तप्काका व्यक्तिहरुसँग सडक बहसगदै हत्या हिंसाको विरोधमा खबरदारी गदै आन्दोलनमा उत्रिएका युवाविद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका हुन् ।
बुधबार स्पिक अगेन्स कास्ट सिस्टम र मझुवा बगर जनकला मञ्चको सहकार्यमा किर्तिपुरको नयाँबजार चोकमा पर्फमेन्स आर्ट प्रस्तुत गरे ।
सुरजको नेतृत्वमा मझुवा बगर जनकला मञ्चका कलाकारहरु सोनम, सन्जय, सोनि, सकुन अनोजाले नाटक मन्चन गरे । पर्पmमेन्स आर्टका माध्यमबाट कलाकारले समाजमा रहिरहेको जातीय व्यवस्था र त्यसले सृजित गरेको पिडा र असरबारे केन्द्रितहुँदै मनुवादबारे प्रश्न गरेका थिए ।

अहिले कोरोनाका कारणले समाजिक दुरी कायम गर्नु भनिरहदा नेपालमा जाति समुदायहरु समाजिक, आर्थिक र धार्मिक रुपमा जातीय रुपमा टुक्रा–टुक्रा पारेका छन् भन्दै जसले गर्दा दलितहरु शताब्दिदेखि क्वारेन्टाइनमा राखिएको छ । राज्य र धर्मले डर पैदा गर्छ र त्यहि डरको आधारमा मानिसलाई नियन्त्रण गदै आइरहेको छ । फलस्वरुप दलितहरु समाजमा शताब्दिऔदेखि उत्पीडनमा पर्दै आएका छन् । रुकुम नरसंहार र अन्य जातीय आधारित हत्याहिंसाले आफुहरुलाई मर्माहित पारेको त्यसैकोविरुद्धमा विभिन्न ठाउँमा पर्पmमेन्स आर्ट गर्दै आइरहेको सुरजले उल्लेख गरे ।
स्पिक अगेन्स कास्ट सिस्टम आन्दोलनका संयोजक रवि सेन्चुरीले दलित पुर्नजागरणको आवश्यकतालाई उल्लेख गदै जातीय विभेदविरुद्ध राजनैतिक आन्दोलन सँगसँगै कला, साहित्यका माध्यमबाट पनि आन्दोलन गर्न जरुरी रहेको बताए ।
शासकले एकतर्फी बनाएका जाति आधारित कथाहरुमाथि प्रश्न गर्न सकियोस भन्दै दलितबारे प्राज्ञिक रुपमा थप छलफल गदै समाजिक न्याय र समतामुलक समाज निमार्ण गर्न बहस पैरवी गरेको सेन्चुरीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank