मरणाेपरान्त नवराज विक सरकारी पुरस्कारले सम्मानित

दलित अनलाईन २९ असार २०७७, सोमबार २३:४०

काठमाडाैं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुकुम पश्चिम चौरजहारीमा मारिएका नवराज विकलाई  मरणाेपरान्त पुरस्कार दिएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विभिन्न स्रष्टालाई सम्मान गदै  । नेपाली साहित्यमा योगदान पु¥याउने स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गदै रुकुम पश्चिम चौरजहारीमा मारिएका नवराज विकलाई मरणेपरान्त पुरस्कार दिएकाे हाे ।

नेपाली साहित्यमा योगदान पु¥याउने स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात विधामा स्रष्टालाई सम्मान गरेकाे छ ।  भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ कातर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणेपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार सम्मानित भएका छन । प्रदेश  २ का प्रमुख तिलक परियार दलित आन्दोलनका अगुवा समेत हुन। यी सबै पुरस्कारको राशि राष्ट्रिय तथा संस्थागततर्फ रु एक लाख र प्रादेशिकतर्फ रु ५० हजार रहेको मन्त्रालयले जनाएको छ ।

गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा भएको नवराज विकसहित उनका पाँचजना सार्थीहरुको सामुहिक हत्याले नेपालको दलित आन्दोलन पुनः एकपटक तातेको बेला नवराज विकलाई सरकारले पुरस्कार दिने  निर्णय गर्नु न्यायको हत्या गरिएको टिप्पणी गरेका थिए।

कुन विधामा कसले पाए

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश नं २ बाट धनुषाका डा. रामसागर पण्डित, वाग्मती प्रदेशबाट ललितपुरका डा गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश नं ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित भएका छन ।

भाषा साहित्य विधातर्फ प्रा. डा दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका छन । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट खोटाङका सुरेश हाँचेकाली, प्रदेश नं २ बाट बाराका नवराज रिजाल, वाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश नं ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित भएका छन ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौँका श्यामलाल श्रेष्ठले प्राप्त गरेका छन । प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश नं १ बाट सुनसरीका जीवनाथ पोखरेल, प्रदेश नं २ बाट धनुषाका सरितादेवी मण्डल, वाग्मती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश नं ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्द सम्मानित भएका छन ।

सङ्गीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिरहाका सत्यनारायण चौधरीले प्राप्त गरेका छन । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश नं २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, वाग्मती प्रदेशबाट रामेछापका केशर कालीकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाई सम्मानित भएको छन ।

यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधाअन्तर्गत तेह्रथुमका मोहन सिटौला, निबन्ध विधातर्फ दाङका प्रा केशव सुवेदी, गद्याख्यान -नाटकतर्फ काठमाडौँका पद्मावती सिंह, बाल साहित्य-लोक साहित्यतर्फ दैलेखका डा. मधुसूदन गिरी र भाषासाहित्यतर्फ भक्तपुरका भैरव रिसाल सम्मानित भएका छन ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा घनश्याम उपाध्याय कँडेल सम्मानित हुनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधातर्फ कपिलवस्तुका डा. माधवराज पन्थी सम्मानित भएका छन भने साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौँको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank