दलित बस्ती पहिरोमा पुरियो, ७ जनाको मुत्यु , ५ जना बेपत्ता

दलित अनलाईन २६ असार २०७७, शुक्रबार १८:५५

काठमाडौं— जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा गएराति पहिरोले दुई घर बगाउँदा ७ जनाको मुत्यु भएको छ भने ५ जना अझै बेपत्ता भएका छन् ।
मुत्यु भएका ७ जनामाध्ये चारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन ।
जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये सातजनाको शव भेटिएको र जसमध्ये तीनजनाको पहिचान खुल्न नसकेको दलित अनलाईनडटकमलाई बताए ।
पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका—४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank