रुकुम हत्या प्रकरण कम्युनिष्टहरुको प्रोपोगाण्डाको शिकार बन्ने डर : महत [तस्बिरहरु]

दलित अनलाईन १५ असार २०७७, सोमबार २२:२५

काठमाडाैं — नेपाली काँग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महत डा. प्रकाशशरण महतले रुकुम जातीय नरसंहार कम्युनिष्टहरुको प्रोपोगाण्डाको शिकार बन्ने हो कि भन्ने आशङ्का गरेका छन् ।  संयुक्त राजनीतिक दलित संङ्घर्ष समिति र दलित नागरिक समाजको आयोजनामा अयोजित १४ पार्टीबाट विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै डा. महतले रुकुम हत्याकाण्ड अपराधको पराकाष्ठा भएको औंल्याउँदै कम्युनिष्टहरु कुनै पनि विषयमा प्रोपोगाण्ड गर्नेमा माहिर भएका हुँदा उनीहरुबाट न्याय पाईन्छ भन्नेमा शंका व्यक्त गरे ।

सह–महामन्त्री महतले भने-‘जनयुद्धको उद्गमथलोमा भएको त्यो नरसंहार अक्ष्यम्य छ, तर सुनिदैछ, रिपोर्टहरु बङ्ग्याईदै छ,  यदी यो कम्युनिष्ट सत्ताले अपराधिहरुलाई कडाभन्दा कडा कारवाही गर्दैन, विभिन्न बहानामा ढाकछोप गर्छ भने नेपाली काँग्रेसले छोड्ने छैन ।’

पूर्व परराष्ट्रमन्त्री महतले सत्तामा पुग्न कम्युनिष्टहरुले जातीय मुद्दालाई घन्काउन सबैभन्दा अगाडि हुन्छन् तर सत्तामा पुगेपछि आफ्ना मान्छे परे भने ढाकछोप गरेको थुप्रै रेकर्ड रहेको पनि सुनाए ।  महतले रुकुम घट्नालाई बङ्ग्याएर अपराधिहरुलाई उन्मुक्ति दिन खोजियो भने उनीहरुका लागि दुर्भाग्य हुने चेतावनी दिए ।

जातीय विभेद्को कुनै पनि अंश बाँकी रहनुहुँदै भन्दै डा. महतले  कुनै पनि छुवाछूत अब यो समाजबाट अन्त्य हुनुपर्ने बताए । माईतिघर मण्डलाबाट नयाँ बानेश्वरको निषेधित क्षेत्रमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका संयोजन जीवन परियारले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै भने-‘३६ दिनदेखि निरन्तर संघर्षमा उत्रिएका छौं, रुकुम घट्नाको पोष्टमार्टम रिपोर्ट डाक्टरहरुले गलत ढङ्गले निकालेका छन् हामीलाई मान्य हुँदैन ।’

परियारले रुकुम जातीय नरसंहार घटनाको विषयमा अन्तर्राष्ट्रिय अदालत (हेग) मा पुगेको र त्यहाँबाट हाम्रो ध्यानाकर्षण भएको जानकारी आएको छ, खबरदार पीडितहरुलाई न्याय र पीडकलाई कडाभन्दा कडा कारवाही भएन भने न्यायको लागि हेग जाने चेतावनी दिए ।

विरोध सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी, नेकपा क्रान्तिकारी माओवादीका परि थापा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य जागृत रायमाझी, राष्ट्रिय जनमोर्चा नेपालका सचिव हिमलाल पुरी बहसलाई सम्बोधन गर्दै जात व्यवस्थाकाे अन्त्यका  लागि राजनीतिक दलभित्र सबै एक ढिक्का भएर जात व्यवस्थाकाे विरुद्ध आवाजहरु चर्कोसँग उठाउन सकेमात्र दलि मुक्तिको अन्तिम लाई उठ्न सक्ने उनीहरुको तर्क थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank