रुकुम हत्याकाणडकाे विरोधमा काठमाडौंमा बृहत्त सिठी जुलुस, प्रहरीसँग झडप [तस्बिरहरु]

दलित अनलाईन ९ असार २०७७, मंगलवार २२:१९

काठमाडौं -जेठ १० गते अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा छ युवाहरुको विभत्स हत्याकाण्डका दाेषीहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै संयुक्त दलित राजनीतिक संघर्ष समितिले  वृहत सिठी जुलुस निकालेको छ ।

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको विभत्स हत्याकाण्डका दाेषीहरूलाई घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै संयुक्त दलित राजनीतिक संघर्ष समितिले काठमाडौंमा वृहत सिठी जुलुस निकालेको हो । जातका निहुँमा भएको यो  मानवताविरोधी अपराधको घटनालाई  राजनीति चलखेल बढ्दै पछि देशव्यापी  तथा विदेश समेत विरोध भइरहेको छ ।

माईतिघर मण्डलामा भेला भएर नयाँ बानेश्वरतिर र्याली जाने क्रममा ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको थियो । बानेश्वरको निषेधित क्षेत्रमासम्म पुगेर कोणसभामा बाेल्नेहरूले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको बताउँदै जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । सभालाई भिविन्न राजनीतिक दलका सांसद, विभिन्न संघ संस्थाका पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank