रुकुम हत्या प्रकरण : ३४ जनाविरुद्ध आजीवन कारावासको माग गर्दै मुद्दा दर्ता

दलित अनलाईन ३२ जेष्ठ २०७७, आईतवार २०:४३

काठमाडाैं-  जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती हत्या प्रकरणका दाेषीहरूलाई आजीवन कारावासको माग गर्दै ३४ जना विरुद्ध  जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएकाे छ ।

सरकारी वकिलको कार्यालयले आजीवन कारावासको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती घटनामा भएको सामूहिक आक्रमणपछि ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको अदालततका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारका रुपमा राखिएको छ ।

अन्य ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुर विरुद्धको मुद्दा दर्ता भएको श्रेस्तेदार बोहराले बताए । ‘धेरै मान्छे भएकाले आइतबार मुद्दा दर्ता मात्रै भएको छ,’ उनले भने, ‘सोमबारबाट थुनछेक बहस सुरु हुन्छ ।’ ३४ जना विरुद्ध मुद्दा दर्ता भए पनि अहिलेसम्म २९ जना पक्राउ परेको र बाँकी ५ जना फरार रहेको प्रहरीको भनाइ छ ।

उक्त घटनामा जाजरकोट परी भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दिप विक र रुकुम पश्चिम चौरजहारीका टिकाराम सुनाको मृत्यु भएको थियो । गत जेठ १३ गते पीडित परिवारले २० जनाविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दर्ता गरेका थिए ।

यसैबीच 

रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank