“जेष्ठ १० गते रुकुम पश्चिममा भएको घटनाको अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर भएको घटनाको म भत्र्सना गर्दछु । नेपालको संविधानको धारा २४, धारा १८, धारा १६ र जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसुर सजायं) ऐन २०६८ तथा नेपाल पक्ष भएको सबै किसिमका जातिय भेदभाव उन्मुलन सम्बन्धी महासन्धी १९६५ आकर्शित हुने यो घट्नाको सुष्म र निश्पक्ष छानविनको माग गर्दछु । पिडितले न्याय र क्षेतिपुर्ती पाउने हक राख्दछन्, सरकार कर्तव्य निर्वाहक हो । २०७० साल भदौ १० गतेदेखि भदौ १४(२६–३० अगस्ट,२०१४) गतेसम्म रुकुमको सदरमुकाममा अधिकारसम्बन्धी प्रमाणमा आधारित जन वकालत विषयक प्रशिक्षण कार्यक्रम थियो । युनाइटेड मिशन टु नेपाल र दलित अवेरनेश अर्गनाइजेशन (DAO)को आयोजनामा मैले सहजीकरण गर्ने अवसर पाएको थिएँ । मैले गणेश विके, अमृता परियार, निर्मल विक, दिलमाया परियार, कृष्ण परियार, गोपाल विक, सरु विक, भुपेन्द्र परियार, चम्फा मायाँ, ज्ञान बहादुर परियार याम बहादुर विक, सुनिताजी लगायत धेरै साथीहरुका बीच हामीले दलित अधिकारका विषयमा छलफल गरेका थियौं ।
विहान ८ वजे देखि बेलुका ५ बजे सम्म हामीले विशेष दलितका अधिकार र यसको वकालत कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेको स्मरण छ । UMN को सहयोगमा अरुण बेल्बासेसँग हामी त्यहाँ पुगेका थियौं । २०७७ जेष्ठ १० गते रुकुम पश्चिमा भएको अन्तरजातिय विवाह सम्बन्धि घट्नाले रुकुम रोहिरहेछ । यो सडकदेखी सदनसम्म आक्रोश फैलिएको छ । हामी समयमा विचार गर्दैनौ र घट्ना भएपछी आवेशमा विवेक गुमाउँंछौ । यो हाम्रो संस्कार जस्तै भएको छ । रुकुम दलितको सँख्या बढी भएको जिल्ला हो । राजनीतिक चेतनाले पनि अब्बल जिल्ला हो । विभिन्न कालखण्डमा भएका घट्नाले रुकुम चर्चामा आइरहने जिल्ला हो । राजनीतिका प्रखर नेता जन्माउने यो जिल्लामा वर्गिय रुपमा र जातिय रुपमा विभेद हुने कुरा निकै पुरानो मानिन्छ, त्यसको कारणले नै होला १० बर्षे जनयुद्धमा रुकुम निकै गरम थियो । धेरैले जीवन कुर्वानी गरे । जनयुद्धमा रुकुमका शोषित पिडित जनताले युद्धलाई समर्थन गरे, जो दविएर बसेका थिए, दलितको यसमा ठुलै योगदान रह्यो । युद्धरत पक्षले दलितलाई राम्ररी प्रशिक्षित गरेका थिए जो उत्पिडनमा थिए ।
एउटाको अधिकारको कुरा गर्दा अर्काको आत्म सम्मानमा ठेस पुग्नु हुँदैन । रुकुमको घट्नाका दोषी कानुनी रुपमा त अनुसन्धानले कसैलाई तोक्ला तर सामाजिक प्राणी, समाजका संगठित सरोकारवाला जसले हामी मानव हौं भनेर गौरव गरेका छौ, सबै दोषी हौं ।
सामाजिक संघसस्थाले गरेका चेतनामुलक कार्यक्रमहरु पनि तीनीहरु मै लक्षित थिए । यसरी एउटा समुदाय वा वर्ग भनौ तलबाट माथी उठ्ने क्रम बन्यो । तिनलाई अधिकारका कुरा थाहा भयो, कर्तव्यको पाटो त्यती मजबुत बनेन् । त्यसको ठिक विपरित आफुलाई जन्मजात उपल्लो वर्ग वा खानदान सम्झनेहरु आफुलाई नयाँ व्यवस्थाले उपेक्षा गर्दै लगेको, आफुले लाईअराई गरि काबुमा राखेका मानिसहरुको बाहुल्यता बढेको पाएपछी पुर्वाग्रही ढंङ्गको व्यवहार त हुनु स्वभाविक हो । उठाउन खोजेको कुरा के हो भने समाजको विविधतालाई बुझने र व्यवस्थापन गर्ने कुरा विना होसियार छिनभरमा हुने होइन । एउटाको अधिकारको कुरा गर्दा अर्काको आत्म सम्मानमा ठेस पुग्नु हुँदैन । रुकुमको घट्नाका दोषी कानुनी रुपमा त अनुसन्धानले कसैलाई तोक्ला तर सामाजिक प्राणी, समाजका संगठित सरोकारवाला जसले हामी मानव हौं भनेर गौरव गरेका छौ, सबै दोषी हौं । हामीले आफुलाई म नभनेसम्म जातिय विभेद कायम रहन्छ । आफुलाई बुजरुक ठान्नेहरुले काखी बजाउँदै गर्दा त्यसको दुर्गन्ध आफुतिरै नआउला भन्न सकिन्न ।
Leave a Reply