नवराज विक हत्या प्रकरण : २० जनाविरुद्ध किटानी जाहेरी दर्ता

दलित अनलाईन १४ जेष्ठ २०७७, बुधबार ०९:००

जजारकोट –  शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको हाे।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनु पर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनु पर्ने, घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पुरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन्। चौरजहारीका टीकाराम सुनारको शव पोस्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधबार पोस्टमार्टम गरिने प्रजिअ पन्तले बताए। हराएका तीन जनाको खोजी कार्य भैरहेको उनले बताए।

खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान संलग्न रहेका छन्। गोताखोर लगायतका प्राविधिक स्रोत साधान नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले बताए।

भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन्। बेपत्ताको खोजी भैरहेको डिएसपी श्रेष्ठले बताए। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको छ।

घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवी रोकालाई खटाएको छ। वडाध्यक्ष सहित १२ जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank