सत्यतथ्य छनवीन गरी हत्यारालाई हदैसम्मको कार्वाहीकाे माग गदै काठमाडौंको माइतीघरमा प्रदर्शन

दलित अनलाईन १३ जेष्ठ २०७७, मंगलवार १८:२७

काठमाडाैं-रुकुम पश्चिममा अन्तरजातीय विवाहको निहुँमा सुनियोजित ढंगबाट नवराज विक र थप दुईको हत्या गरिएको भन्दै घट्नाको सत्यतथ्य छनवीन गरी हत्यारालाई हदैसम्मको कानूनी कार्वाहीकाे माग गदै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

घटनाको छानबिन गर्न माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा  राष्ट्रिय दलित विद्यार्थी संघले शान्तिपूर्ण प्रदर्शन गरेको हो । संघले रुकुममा नवराज विकसमेत तीनजना मारिएकाे घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

माइतीघरमा विरोध प्रदर्शन गर्नुअगाडि विद्यार्थी संघले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगसमक्ष पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको राष्ट्रिय दलित आयोग तथा  राष्ट्रिय दलित विद्यार्थी संघका नेता मन्जित ताम्राकारले  बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank