राम नेपाली विजेश्वरी छात्राबासबाटै पक्राउ

दलित अनलाईन २१ असार २०७५, बिहीबार ०४:५७

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. १५ विजयश्वरी छात्राबासबाट वार्डेन राम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहिबार विहान ८ : ३० बजे कोठाबाट महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट आएको हवल्दारको नेतृत्व विना कारण नेपालीलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार पक्राउ परेका नेपालीलाई पक्राउ गर्न बुधबार पनि प्रहरी छात्राबास गएको थियो । प्रहरी स्रोतले भन्यो, ‘इनिस्पेक्टर मदन गिरीको निर्देशनमा नेपालीलाई पक्राउ गरिएको हो ।’
महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी सुधीर शाहीले छात्राबासमा भएको विवादमा नेपालीलाई नियन्त्रणमा लिइएको बताउनुभएको छ । उहाँले नयाँ वार्डेन नियुक्त भएपछि देखिएको विवादलाई मुक्त गर्ने आफुहरुले पुराना वार्डेन नेपालीलाई नियान्त्रण लिइ अनुसन्धसान गर्ने बताउनुभयो ।
प्रहरी नियन्त्रणमा स्वयम्भू रहनुभएका छात्राबास वार्डेन राम नेपालीले आफुलाई विना कारण प्रहरीबाट नियोजित रुपमा पक्राउ गराउने रणनीति सबै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ भएको भन्दै समाज विकास छात्राबासलाई एनजीओवाट मुक्त गराउन देशभर आन्दोलन गर्ने बताउनुभयो । यो सिगो आन्दोलनले उपलब्धी हासिल गरेको कुरालाई एनजीओले समाप्त पर्ने खेल भएको बताउँदै समाज विकास छात्राबासको अस्तित्व बचाउन सबैतिर आन्दोलन उठाउन आग्रह समेत नेपाली गर्नु भयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सो छात्राबास आफ्नो स्वमितव रहेको बताउँदै आएको र असार ७ गते बसेको संघको बैठकले नयाँ वार्डेन नियुक्त गरेको थियो ।
त्यसयता संघले दलित आन्दोलनबाट प्राप्त उपलब्धीस्वरुप तत्कालीन राजा महेन्द्रले पैसा दिएर किनिएको जग्गा संघले आफ्नो नाममा पारेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । विजेश्वरी छात्राबासमा एनजिओको गिद्धे नजरविरुद्ध आवाज उठाउँदा राम नेपाली प्रहरी हिरासतमा परेका हुन् ।
२०१९ मा दलित आन्दोलनका अगुवा सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीका लागि दलित छात्रावास बनाउने माग गरिएको थियो । त्यसबेला तत्काली राजा महेन्द्रले छात्राबास सञ्चालनका लागि २५ हजार रुपैयाँ दिएका थिए । सोही रकमबाट काठमाडौं महानगरपालिका वडा नं. १५, विजयश्वरीमा ३ रोपनी ७ आना जग्गा किनिएको थियो । त्यो बेला दलितका संघ संस्था दर्ता नभएका कारण आपसी सल्लाहमा सहर्षनाथ कपालीकै नाममा जग्गा किनिएको थियो । त्यसैका आधारमा २०१९ सालमै सो छात्राबासको भवनको पनि शिलान्यास गरिएको थियो । हाल सो विजेश्वरी छात्राबासमा ७० जना दलित विद्यार्थी बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank