कृष्णबहादुर थापा : कमरेडलाई कम्युनिष्ट घोषणापत्र भन्दा नि मनुस्मृति प्यारो लाग्छ कि ?

रवि सेन्चुरी २७ बैशाख २०७७, शनिबार २२:०१

विश्वभरि कोरोनाको प्रकोपले कहर मच्याइ रहेको छ । अधिकाँश देशले लकडाउन गरेका छन् । नेपालले पनि लकडाउन गरेको छ । काम धन्दा बन्द भएका छन् । मानिसका दैनिक जीवन दिन प्रतिदिन कष्टकर हुँदैछ । के धनी , के गरिब, कुन लिङ्ग, धर्म, समुदाय, जात सबैको हाल बेहाल छ । कोरोनाले सबैको स्थिति नाजुक बनाएको छ । जीवन–मृत्युको लडाईमा हामी सबै आफ्नो जीवन रक्षाका निम्ति घर भित्र बस्न बाध्य छौ । यस्तो अवस्थामा यदि कुनै परिवारजनमा दुखद घटना घटि हालेमा त्यस संग जुध्न निकै मुस्किल हुन्छ । परिवारमा कुनै सदस्यको मृत्यु हुनु त्यो पनि विदेशी भुमिमा । एकातिर लकडाउन अर्कोतिर आफ्न्तको शव विदेशमै सद्गत गर्नु बाध्यता । परिवारले आफन्त गुमाउँदाको पिडा एकतिर छ भने अर्कोतिर मृतकको अन्तिम दर्शन गर्न नपाउनु त्यसमाथि पनि मृत्यु संस्कार गर्दा आफै समाजमा जातिय विभेद भोक्दाखेरी मृतकका परिवारजनको मानसिक अवस्था कस्तो भयो होला ? उनीहरु भावनात्मक रुपमा कति क्षतविक्षत भए होलान् । अनुमान गर्न पनि गाह्रो हुन्छ । यो घटना पोखरा महानगरपालिका–१६, बाटुलेचौरमा मिति २०७६ चैत्र २६ गते मोहन सुनारका आफुना भाई स्व.सम्मर बहादुरको मृत्यु भए पश्चात काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानिय देब बहादुर थापा, जनक थापा लगायतले मृतकका दाजु मोहन सुनार माथि जातिय आधारमा दलित भएकै कारण जातिय अपमान, गालि गलौज, धाकधम्की दिई जातिय विभेद गरेका थिए ।
नेपालको संविधानले जातिय भेदभाव तथा छुवाछुत कसुर (सजाय ऐन) २०६८ अनुसार न्याय माग्दा आफुले आस्था राखेको पार्टीका निर्वाचित प्रदेश सदस्य कृष्ण बहादुर थापा (कास्की २(१) बाट निर्वाचित गण्डकी प्रदेश सदस्य) ले नै न्याय विपरित पिडकको पक्ष लिदै विज्ञप्ती मार्फत उल्टै उच्छृंखल जातिय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता कार्यकर्ताहरुको षड्यन्त्र शदियौ देखि भइरहेको सामाजिक सद्भावलाई धमिलाउने काम भएको भनेर पिडित पक्षको विरुद्ध र पीडकहरुको पक्षमा खुलमखुल्ला प्रदेश सदस्यले आफ्नो लेटरप्याड मार्फत वकालत कार्यले कस्तो असर प¥यो होला । के यसरी निर्वाचित प्रदेश सदस्यले आफ्नो लेटरप्याडको दुरुपयोग गर्न मिल्छ ? यस्ता प्रकारका घटनाले निर्वाचित प्रतिनिधिको मानसिक अवस्थालाई प्रष्ट देखाउन्छ भने अझै पनि हाम्रो समाज कहाँ निर रहेछ भन्ने झल्काउँछ ।
कृष्ण बहादुर थापा जो लामो समय कम्युनिष्ट पार्टीमा लागेर विभिन्न तहमा जिम्मेवारी निभाउँदै अहिले गण्डकी प्रदेशका, कास्की २(१) निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनले आफ्नो प्रेश विज्ञप्तीमा जातिय विभेदबारे न्याय विपरित पीडक राम बहादुर जिसी, जनक थापाको पक्षमा वकालत गर्नु साथै उनीहरुलाई बिना शर्त रिहाईको माग गरिरहँदा उनलाई आफ्नो विगतको इतिहास संग लाज लागेन होला । अहिले सैद्धान्तिक र वैचारिक रुपमा विचलित भैरहँदा विगतमा सामाजिक रुपान्तरणका निम्ति राजनीतिमा लागेको के फगत नाटक थियो वा पद प्राप्तिको लागि थियो । यसबारे जनतालाई प्रष्ट्याउन जरुरी छ । कि समाजिक रुपान्तरणको मुद्दामा जातिय समानताको मुद्दा पर्दैन ।

कमरेडले आफ्नो गतिविधी र मानसिकतालाई सुधार्नु जरुरी छ र अन्तिममा परिवर्तनका निम्ति पुराना संरचनाहरु हल्लिने, भत्किने गर्छन् । नहल्लिकन र नभत्किन परिवर्तन हुन पनि असम्भव छ । पिडितले न्याय माग्दा अरुलाई जातीय अतिवाद देख्ने कमरेडलाई आफ्ना थर मिल्ने मान्छे पीडक हो भन्ने थाहा हुँदाहुँदै पनि उनीहरुको पक्षमा प्रदेश सदस्यको लेटरप्याडको दुरुपयोगलाई हामीले के भन्ने ?

कमरेडले विज्ञप्ती लेखेर वक्तव्यवाजी गरिरहँदा उनले दलित मतदाताको मत र सम्पुर्ण दलित समुदायलाई कसरी कुल्चिन सके । कमरेडले किन जातिय जस्तो सम्वेदनशील मुद्दामा सहज रुपमा ल्याई न्यायका निम्ति वकालत र नेतृत्व गर्ने बेला उल्टो जातिय विखण्डन, समाज खलबल्याउने तत्व भनी सम्पृर्ण दलित समुदायको जातिय आधारमा निर्मित कुसँस्कार विरुद्धको आन्दोलनलाई नै नियोजित रुपले बदनाम गर्ने आँट गरे । अग्रगामी भन्दा पनि यथास्थिति जोगाउन लाग्नु भनेको सैद्धान्तिक विचलन नै हो । उनले कम्युनिष्ट घोषणपत्र पढे होलान् , पढाए पनि होलान् , न्याय र समानताका कुरा गरे होलान् । जसमा सर्वहारा वर्गको मुक्ति, अन्र्तराष्ट्रिय जाति, वर्ग संघर्ष सगै क्रान्तिका र आन्दोलनका कुरा थिए होला । त्यसभित्र साम्यवाद–समाजवाद र समानताका विषय थिए होला । तर विज्ञप्ति हेर्दा उनको मन भित्र गुम्सिएर बसिरहेको जुन मनुद्धारा स्थापित साथै जयस्थिति मल्ल हुँदै जँगबहादुरले कानुनी रुपमा कार्यान्वयनमा ल्याएका जातिय उँचनीचको भावना पुस्तान्तरण हुँदै उनीभित्र पनि रहेको छरपष्ट देखिन्छ । कमरेड त भैयो तर जातिय अहङकार भन्दा माथि उठ्न नसकेको देखिन्छ । कमरेडहरुले विगतमा घरपरिवार, आमाबुबा आफ्न्तको डर देखाउँदै अपवाद बाहेक घरमा जातिय व्यवस्था त कायम गरेकै हो तर वर्तमान समयमा पनि यसरी कानुन विपरीत सार्वजनिक स्थलमा विभेद गर्न मिल्छ ?
नत्र कमरेडले नेपालका करिब २० प्रतिशत उत्पीडित दलित समुदायहरुको समानता र जातिय विभेद विरुद्धका आन्दोलनलाई यसरी होच्याउने आँट गर्ने थिएनन् होला । दलितहरु शर्दियौ देखि जातिय विभेद भोग्दै आएका छन् । जातिय छुवाछुत र विभेद जस्ता कुसँस्कारले दलितलाई मात्र होइन, सिङ्गो नेपाललाई पछाडी धकलिरहेको छ । तसर्थ यस्ता क्रियाकलाप परिवर्तन हुन आवश्यक छ । यो मुद्दा दलितको मात्र होइन सबैको हो । जसरी भारतले नेपालको सिमा मिच्दा, विदेशिले नेपाल र नेपालीलाई हेप्र्दा हामी सबै नेपालीको मन दुख्छ त्यसरी नै जातिय, भाषिक, लिङ्गिय, क्षेत्रिय आधारमा कुनै पनि नाममा नेपाल भित्रै नेपाली हेपिदा सम्बन्धित समुदाय सँगै न्यायप्रेमी समुदायको मन दुख्न पुग्छ ।
वर्तमान समयमा भुमण्डलीकरण र विज्ञान प्रविधिले शिक्षा लगायत सामाजिक, आर्थिक, राजनैतिक संरचनामा परिवर्तन गरिरहेको छ । आलोचनात्मक चेतनाले पुराना मानकहरु भत्काउदै छ । तसर्थ अबका दिनमा दलितहरु पृर्व जन्मको कर्म भनेर जति पनि अन्याय सहेर बस्ने वाला छैनन् र सहनु पनि हँुदैन । दलित सँगै गैरदलित समुदायहरु तार्किक रुपमा न्यायका निम्ति सँघर्षको सुरुवात भएका छन् । बेला बेलामा अनेकौं जातिय घटनाहरुले समाजमा जातिय विभेदका अवशेषका रुपमा रहेको स्पष्ट पारेको छ । अझै पनि विभिन्न बहानामा दलित समुदायहरु जातिय विभेदबाट पिडित हुँदै आएका छन् । त्यस्तो अवस्थामा जातिय विभेद विरुद्धमा हामी सबैले अझ शसक्त रुपमा लड्न आवश्यकता छ । तर कमरेडले दलित समुदायलाई निर्वाचनका बेला चुनाव जिताउनका लागि कहिले बागचाल त कहिले क्यारेमबोर्ड त कहिले लुडोको गोटी जस्तै खेलमा प्रयोग हुने केवल फगत मतदाता सम्झेनु भएछ । त्यसैले त गणतान्त्रिक नेपालमा कैयौं दलित भएकै कारणले क्रियापुत्रीलाई काजक्रिया स्थलमा जातिय विभेद भएर न्याय माग्दा सामाजिक सद्भावलाई धमिलाउने जातिय उच्छृंखल जातिय अतिवादी देख्नु अझै पनि जातिय व्यवस्थालाई निरन्तरता दिनु नै हो । समाजमा जातिय विभेद कायम राख्नु नै हो । पिडितले न्याय माग्दा उच्छृंखल जातिय अतिवादलाई देखिन्छ भने देखियोस् । सामाजिक सद्भावलाई धमिलिन्छ भने धमिलियोस किनकी सामाजिक सदभाव कायम गर्न दलित समुदायले विभिन्न नाममा सुलि चड्न सक्दैनन् । विभेद सहनु पर्छ भन्ने छैन । हामी मानव जाति एकै भनिरहँदा यस्ता सँरचनाहरु भत्किन जरुरी छ । दोषीलाई कानुन बमोजिम कारबाहि हुन आवश्यक छ र कमरेड त्यसमाथि सार्वजनिक पद धारणा गरेको व्यक्तिले यस्तो प्रकारको गतिविधि गर्नु धैरै नै भत्र्सनायुक्त छ । यसका निम्ति कमरेडले आफ्नो गतिविधी र मानसिकतालाई सुधार्नु जरुरी छ र अन्तिममा परिवर्तनका निम्ति पुराना संरचनाहरु हल्लिने, भत्किने गर्छन् । नहल्लिकन र नभत्किन परिवर्तन हुन पनि असम्भव छ । पिडितले न्याय माग्दा अरुलाई जातीय अतिवाद देख्ने कमरेडलाई आफ्ना थर मिल्ने मान्छे पीडक हो भन्ने थाहा हुँदाहुँदै पनि उनीहरुको पक्षमा प्रदेश सदस्यको लेटरप्याडको दुरुपयोगलाई हामीले के भन्ने ?

(केन्द्रिय सह–संयोजक : नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank